थमन परियारको नवौं स्मृति सभा

पोखरा, ६ कात्तिक/एकीकृत माओवादी, कास्कीले जनयोद्धा थमन परियारको नवौं स्मृति सभा आज लेखनाथमा सम्पन्न गरेको छ । स्मृति सभामा नेताहरुले संविधानसभाको निर्वाचनमा एमाओवादीले पराजय भोग्नुपर्ने कुनै कारण नरहेको बताए । कार्यक्रममा एमाओवादीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक झलकपाणि तिवारीले संविधानसभा नै एमाओवादीको एजेण्डा भएकोले जसको एजेण्डा हो उसैलाई जनताले मत दिने बताउनुभयो । उहाँले मुलुक हाक्ने नीति र क्षमतावान नेतृत्व एमाओवादीसँग मात्रै रहेकोले जनसंविधान निर्माण गर्न जुनसुकै हालतमा माओवादीले जित्ने दावी गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य अमर तमुले परिवर्तनगामी नीति, सक्षम नेतृत्व र बलियो जनाधार भएको पार्टी एमाओवादी मात्रै भएकोले पराजय भोग्नुपर्ने कुनै कारण नरहेको बताउनुभयो । उहाँले जति एकीकृत भएर लाग्न सक्यो त्यति नै जित्ने आधार बलियो हुने भनाई व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...