सफल कपमा शेर्पा क्लब र अष्ट्रेलिया भिड्दै

सागर राज तिमिल्सिना
पोखरा ६ कार्तिक । पोखरामा जारी तेस्रो सफल पोखरा कपमा आज यति हिमालयन शेर्पा क्लब र यति एफसि अष्ट्रेलिया बिच प्रतिश्पर्धा हुदैछ । अन्तिम आठको लागि हुने यी दुई टिमको खेल पोखरा रंगशालामा भिड्दै छन् ।

पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको यति एफसि अष्ट्रेलिया बिदेशी अनुभबि खेलाडिको साथ मैदान उत्रदैछ ।

हिमालयन शेर्पा यसअघिका दुई वटै संस्करणमा सेमिफाईनलबाट विदा लिएको थियो । पहिलो सफल कपमा आर्मीसंग २–० ले पन्छिएको शेर्पा दोस्रो संस्करणमा मछिन्द्रसंग ३–१ ले पराजित हुदै उपाधि होडमा पुग्नका थिए ।
yeti Fc vs sherpa

यसअघिको हार बिर्साउदै उपाधि चुम्ने लक्ष्य सहित शेर्पा मैदानमा उत्रने छ । तर बिदेशी खेलाडिको कौशलाको अगाडि शेर्पालाई जीत निकाल्न त्यति सहज छैन । यसअघि हिजो भएको खेलमा फ्रेण्ड्सलाई ३– २ ले पन्छाउदै जावलाखेलले अन्तिम आठमा स्थान बनाएको छ । आजको बिजेताले अन्तिम चारको लागि कार्तिक १० गते आर्मीसंग खेल्नेछ ।

प्रतियोगितामा नेपालका ९ टिम र विदेशी तीन सहित १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

कमेन्टहरु
Loading...