उम्मेद्वारको गाडीमा आगजनी

सागर राज तिमिल्सिना
पोखरा, ६ कात्र्तिक/एकिकृत नेकपा माओवादीका उम्मेद्वारले चुनावी प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा अज्ञात समुहले आगजनी गरेका छन् । कास्की निर्बाचन क्षेत्र नम्बर १ का उम्मेद्वार विष्णु पौडेलको ग १ च ५१४३ नम्बरको जिपमा आगजनी भएको हो ।

bishnu-poudelचुनाव प्रचार कै सिलसिलामा सिद्ध गाविस–६ बेलस्वारामा पुगेको पौडेलको टोली सोही स्थामा बास बसेको थियो । विहान करिब ४ बजे तिर गाडीमा एक्कासी आगजनी गरिएको पौडेलसंगै प्रचारमा हिडेका पत्रकार नवराज बरालले जानकारी दिए । आगजनी कसले गर्यो भन्ने खुल्न सकेको छैन । एमाओवादी उम्मेद्वार पौडेलले संसदबादी दलले आगजनी गरेको हुन सक्ने आरोप लगाएका छन् भने सुरक्षा श्रोतले नेकपा–माओवादीले आगजनी गरेको हुन सक्ने आशंका गरेका छन् ।

संविधान सभाको उम्मेद्वार तय गर्नु भन्दा अघि पौडेल नेकपा–माओवादीमा थिए । जिल्लाबाट उम्मेद्वारको नामावली पठाउने अघिल्लो दिन मात्र उनी एमाओवादीमा फर्केका थिए । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त डिएसपी राजेशनाथ बाँस्तोलाले बताए ।

कमेन्टहरु
Loading...