पोखरामा दोश्रो गोदावरी प्रदर्शनी एवं पुष्प ब्यापार मेला हुने

पोखरा, ५ कात्तिक/सुन्दर नगरी पोखराको पहिचाहन ब्यवसायिक प्रवद्र्धनमा गोदावरीको शान भन्ने मुल नाराका साथ पोखरामा दोश्रो गोदावरी प्रदर्शनी एवं पुष्प ब्यापार मेला हुने भएको छ । मेला आयोजक फ्लोरीकल्चर एशोसियसन नेपाल कास्कीले पोखरमा आज पत्रकार सम्मेलन गरेर कार्तिक १४ गते देखि १७ गते सम्म मेला आयोजना गर्ने जानकारी दिए ।

मेलामा २० देखि २५ वटा स्टल रहने बताइएको छ । महोत्सवमा तीन सय प्रजातिका फुलका विरुवाहरु प्रर्दशनीमा राखिने आयोजकले बताएका छन् । मेलामा १५ रुपैया देखि एक लाख ५० हजार पर्ने विरुवाहरु राखिने बताइएको छ ।

मेलामा कृषि क्षेत्रमा पत्रकारिता गर्ने ब्यक्ति, संचार क्षेत्रमा फल फुल तथा वातावरण उत्थान कार्य गरेको ब्यक्ति वा सस्था र सार्वजनिक स्थलमा बृक्षा रोपण गरी उजाड बजार लाई हरियालीमय बनाउन सहयोग गर्ने सस्था वा ब्यक्तिलाई सम्मान गर्ने मेला संयोजक सितामाया रानाले जानकारी दिए । मेलामा २२ देखि २५ लाखको कारोबार हुने फ्लोरीकल्चर एशोसियसन नेपाल कास्कीका अध्यक्ष दया द्धवाले जानकारी दिए । मेला संचालन गर्न झण्डै ५ लाख ८ हजार खर्च हुने द्धवाले जानकारी दिए ।

कमेन्टहरु
Loading...