सफल कपमा जावलाखेलको बिजय सुरुवात, फ्रेण्ड्स पराजित

सागर राज तिमिल्सिना
पोखरा ५ कार्तिक/सामसुङ जावलाखेल युथ क्लबले तेस्रो सफल पोखरा कपमा विजय सुरुवात गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा चिरप्रतिद्धन्दी फ्रेण्ड्स क्लबलाई ३–२ ले पराजित गर्दै जावलाखेल क्वाटरफाईनलमा प्रबेश गरेको छ । जावलाखेललाई अन्तिम आठमा पु¥याउन राज पौडेलले २ र राम थापामगरले एक गोलको योगदान दिए ।

safal cupखेलको २४ औं सौरभ मगरको क्रसबललाई पौडेलले जाली चुमाउएपछि अग्रता लिएको जावलाखेलले १० मिनेट पछि गोल गर्दै अग्रतालाई दोव्बर राम थापामगरले गरे । पहिलो हाफ दुई गोलले अघि रहेको जावलाखेलको लागि दोस्रो हाफको १५ औं मिनेटमा राज पौडेलले दोस्रो गोल थप्दै जित सुनिश्चित गरे । दोस्रो हाफमा आक्रमक खेल खेलेको फ्रेण्ड्सको तर्फबाट ६३ औं मिनेटमा सन्तोस तामाङले एक गोलको खाता खोले । त्यसै गरि खेलको ईन्जुरी समयमा अर्जुन सुब्बाले दोस्रो गोल गरे ।
खेलको ७८ औं मिनेटमा जाउलाखेलका अजय थापामगर रेडकार्ड खादै मैदानबाट बाहिरिएपछि १० खेलाडिमा सिमित रहेको जावलाखेल दवावमा प¥यो । फ्रेण्ड्सका दिपक भुषालले थपिएको ७ समयको तेस्रो मिनेटमा रेड कार्ड खादै बाहिरिएपछि दुबै टिम १० खेलाडिमा सिमित भएका थिए । जितपछि जावलाखेलका प्रशिक्षक राजकुमार केसीले विपक्षी टिममा किपरको कमजोरीको फाईदा उठाउदै गोल गरेको बताए । डिफेन्स राम्रो भएकाले पनि प्रतिद्धन्दी टिमले गोल गर्ने मौका नपाएको उनले बताए ।

फ्रेण्ड्सका प्रशिक्षक मेघराज केसीले पहिलो हाफमा खेलाडिले अल्छि गर्दा हार ब्यहोर्नु परेको प्रतिक्रिया दिए । दोस्रो हाफको खेल राम्रो भएपनि स्कोर गर्न नसकिएको उनले बताए । जाउलाखेलले अन्तिम चारको लागि कार्तिक ९ गते मनाङ मस्र्याङदीको सामना गर्ने छ । भोलिको खेल यति एफसि अष्ट्रेलिया र यति हिमालयन शेर्पा क्लब बिच हुनेछ । प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब युवराज लामाले पोखरा रंगशालाको भौतिक विकासको लागि रकम बिनियोजन गरिएको र आगामी बर्ष प्याराफिट निर्माणको लागि बजेट छुट्याउने आश्वासन दिएका छन् । प्रतियोगितामा नेपालका ८ टिम, विदेशका तीन र आयोजक एक गरि १२ टिमले प्रतिश्पर्धा गर्दैछन् । यो संस्करणका विजेताले ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

कमेन्टहरु
Loading...