विहानैदेखि भोट माग्न ब्यस्त एमाले कास्कीका उम्मेदवार दलहरु

पोखरा, ५ कात्तिक /संविधान सभा निर्वाचन आउन २९ दिन बाँकी छदा एमाले कास्कीका उम्मेदवारह चुनावी प्रचारमा ब्यस्त बनेका छन् । निर्वाचनमा जनतालाई आफनो पक्षमा पार्न घरदैलो र आमसभा लगायतका कार्यक्रम गर्न उम्मेदवार ब्यस्त बनेका हुन ।  नेकपा एमाले कास्कीका उम्मेदवारहरु जनताको घरदैलोमा भोटमा माग्न घर आगनमा पुगेका छन् ।

नेकपा एमाले कास्की क्षेत्र नं १ का उम्मेदवार मानबहादुर जिसी चुनावी प्रचारप्रसारका क्रममा सिल्दुजुरे पुग्नु भएको छ । जि.सिले घरदैलोको क्रममा मंगलबार र बुधबार सिल्दुजुरेमै रहने नेकपा एमाले क्षेत्र नं १ सम्पर्क कार्यालयले जनाएको छ । यसैबिच लेखनाथ हंसपुर वडा नं ६ कपासेमा कृष्णबहादुर गुरुङको अध्यक्षतामा ४९ सदस्यिय चुनाव प्रचारप्रसार समिति गठन भएको छ भने लेखनाथ १ नौबिसेमा टोल भेला सम्पन्न भएको छ ।
एमाले क्षेत्र न २ का उम्मेदवार कृष्ण थापाले आज पोखरा १० बृद्धचोकमा घरदैलो कार्यक्रम गर्नुभएको छ । उहाँले जनतालाई एमालेको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । त्यस्तै नेकपा एमाले पोखरा १८ को निर्वाचन सम्पक कार्यालयको आज उद्घाटन गरिएको छ । एमाले क्षेत्र न ३ का उम्मेदवार रविन्द्र अधिकारीले आज निर्मल पोखरीका जनतासंग मत मागिरहनु भएको छ ।

कमेन्टहरु
Loading...