पर्वतमा जिप दुर्घटना १० मृत्यु

पर्वत, ५ कात्तिक/पर्वतको उत्तरी लेखफाँट गाविसमा ग१ज ५१२० नम्बरको जिप दुर्घटना १० जनाको घटनास्थलमा मृत्यु ६ जना घाइते भएको छन् । घाइतेको उद्रका लागी नेपाल प्रहरी र स्थानीय उद्धारमा लगेका छन् । पर्वतको लेखफाँट लोप्रेकदेखि म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको यात्रुवहाक जीप दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । मंगलबार बिहान १० बजे सडकबाट पल्टिँदा १० जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन् ।

लेखफाँट गाविस २ खोलाखेत नजिकै सल्लेरीमा ग १ ज ५१२० नम्बरको जीप ३ सय ५० मीटर तल पल्टिँदा सवार २० मध्ये ६ जना गम्भीर घाइते भएका छन् भने ३ जना सामान्य घाइते छन् । दुर्घटना भएको जीप क्षत विक्षत भएको छ ।

घटनास्थल मुख्य सडकदेखि टाढा र ग्रामीण क्षेत्रमा पर्छ । उक्त स्थानमा प्रहरी चौकी मिलनचोक र जिल्ला प्रहरी कार्यालयदेखि उद्धार टोली खटाइएको प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । घाइतेलाई प्रारम्भिक उपचारका लागि बेनी पठाइएको छ भने मृतकको शव उठाउने तयारी भइरहेको छ ।

कमेन्टहरु
Loading...