पर्यटन वोर्डमा सीईओ छनोटको माग

पोखरा, २२ मंसिर/ होटल संघ नेपाल (हान)का केन्द्रिय अध्यक्ष श्याम सुन्दरलाल कक्षपतिले नेपाल पर्यटन वोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को चयन यथाशक्य छिटो गरिनुपर्ने माग गरेका छन् । पश्चिमाञ्चल होटल संघ पोखराको आज पोखरामा अयाोजित दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधरण सभामा उद्घाटन गर्दै कक्षपतिले वोर्र्डमा सीईओ चयन नहुँदा नेपालको पर्यटन क्षेत्र नै प्रभावित हुन पुगेको र देशविदेशमा नेपाल प्रवद्र्धनका गतिविधि ठप्प प्रायः हुन पुगेको बताए ।

अस्थीर राजनीति र सरकारी उदासिनताका कारण अन्य पूर्वाधार निर्माणका क्षेत्रमा समेत काम हुन नसकेको उनले बताए । दैनिकको लोडसेडिङ र पानी अभाका समस्याले पर्यटन क्षेत्र प्रताडित हुनु परेको उनको भनाई छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विप्लव पौडेलले द्वन्द, बन्द र पटक पटकका हड्तालबाट सताइएको पर्यटन क्षेत्रलाई नयाँ उर्जा दिएर अगाडि बढ्नुपर्ने चुनौतिहरुको विचमा होटल व्यवसायी मात्र नभई समग्र पर्यटन व्यवसायी रहेको बताए । वितेको दुई वर्षे कार्यकालमा आफूले वाचा गरेका सबैजसो कार्यक्रम पूरा गरेको बताउँदै पौडेलले जाउँ है पोखरा अभियानको पुनः सुरु, चलिए पोखरा र पोखरा प्युर एण्ड पर्फेक्ट जस्ता कार्यक्रम आफ्नै कार्यकालमा सम्पन्न गरिएको बताए ।

नेपाल पर्यटन वोर्डका सदस्य टिकाराम सापकोटाले वोर्ड सदस्यहरु विच नै अहिले सीईओ छनोटमा कुरा नमिलेको बताउँदै आगामी केही दिनमा कुरा मिलेर छनौट प्रक्रिया अगाडि बढ्ने विश्वास दिलाए । सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपाली पर्यटन जगतको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको बताउँदै सीईओ छनोट हुन नसक्नु लगायतका कतिपय कम्जोरीका कारणले समेत त्यस्तो अवस्था आएको बताए ।

पश्चिमाञ्चल होटल संघ पोखराका सल्लाहकार विश्वशंकर पालिख, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यवहादुर भुजेल लगाएतले वोर्डमा सीईओ नियुक्ती, पर्यटनमा समेत विकेन्द्रिकरणको सिद्धान्त, पोखरा वसपार्कको निर्माण तथा उत्तरदायीपूर्ण पर्यटन अहिलेको पर्यटनका प्रमुख आबश्यकता भएको बताएका थिए । संघका महासचिव विकल तुलाचन, प्रथम उपाध्यक्ष हरि शर्मा गैह्रेलेले सघका गतिविधिका बारेमा चर्चा गरेका थिए । संघले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व पनि शुक्रवार नै चयन गर्ने छ ।

कमेन्टहरु
Loading...