निर्वाचन आयोग आचारसंहिता उल्लंघन रौक्न दौडाहामा

काठमाडौ, ५ कात्तिक/निर्वाचन आयोगले मंसिर ४ गते हुने संविधानसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाधली रहित बनाउन तीन तहमा आचारसंहिता अनुगमन उच्च स्तरीय टोली खटाउने तयारी गरेको छ । अति संवेदनशील क्षेत्रमा आयोगले सुक्ष्म अनुगमनका लागि विशेष तालिम प्राप्त अलगै टोली खटाउको आयोगले जानकारी दिएको छ ।केन्द्रमा प्रुमख निर्वाचन आयुक्तको नेतृत्वमा सबै आयुक्त र आयोगका सचिव समेत रहने उच्च स्तरिय अनुगमन समिति बन्ने छ भने आचारसंहिताको गम्भिर उल्लंघन भएको क्षेत्रमा तत्कालै पुग्न सक्ने गरी निर्वाचन आयुक्तको नेतृत्वमा छुट्टाछुटै टोली हुने छ । त्यसका लागि आयुक्तहरुले विकासक्षेत्रगत रुपमा विशेष जिम्मेवारी लिने छने भने नेपाल सरकारका सचिव र सहसचिवको नेतृत्वमा स्थलतगत अनुगमन टोलीहरु बन्ने छन् ।

यसरी खटिने टोलिले निर्वाचन अधिकृत, निर्वाचन अधिकारी र मतदान अधिकृतहरुसंग समन्वयगरी आचारसंहिता कार्यान्वयन गराउने र उलंघनकर्तालाई स्थलगत कारवाही समेत गर्न सक्ने आजको कान्तिपुर दैनिकमा खबर छ ।

कमेन्टहरु
Loading...