तेस्रो सफल पोखरा कप आजदेखि , उद्घाटनमा जाउलाखेल र फ्रेण्डस भिड्ने

गोकुल बानियाँ/पोखरा ५ कार्तिक । सफल पोखरा कपको तेसं्रो संस्करण आजदेखि पोखरामा सुरु हुदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा एनआईबिएल फ्रेण्डस र सामसुङ जावलाखेल भिड्दैछन् । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिब युवराज लामाले उद्घाटन गर्नेछन् । उद्घाटन खेल दिउसो २ बजेपछि सुरु हुने आयोजक कास्की जिल्ला फुटबल संघले जनाएको छ । यी दुबै टिम यस अघिका संस्करणमा उद्घाटन खेलबाटै बाहिरिएका थिए ।jaulakhel, friends

सफल कपको दोस्रो संस्करणमा सहभागिता नजनाएको जावलाखेल पहिलो संस्करणको उद्घाटन खेलबाटै बाहिरिएको थियो । पहिलो संस्करणमा सहभागिता नजनाएपनि अघिल्लो बर्षको दोस्रो सफल कपमा सहभागि फ्रेण्डस पनि उद्घाटन खेलबाटै घर फर्किएको थियो । दुबै टोली यस अघिको हारलाई विसाउदै अघिल्लो चरण प्रबेशको लक्ष्य सहित मैदान उत्रिदै छन् ।

फ्रेण्डसको लागि जावलाखेल बिरुद्धको प्रतिश्पर्धा गोर्खाकपमा बेहोरेको पराजयको बदला लिने मौका समेत हुनेछ । गत जेठमा काठमाण्डौमा भएको गोर्खाकपमा फ्रेण्डस जावलाखेलसंग १–० ले पराजित भएको थियो । दुवै टिमका प्रशिक्षकहरुले दशैंको लामो बिदाको कारण प्रशिक्षणलाई निरन्तरता दिन नसक्दा केहि समस्या रहेको बताएका छन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा कात्तिक १६ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट ८ टिम, विदेशका तीन र आयोजक एक गरि १२ टिमले प्रतिश्पर्धा गर्दैछन् ।

प्रतियोगितामा लक्ष्मीहुण्डाई मनाङ मस्र्याङदी, लक्ष्मी बैंक थ्रीस्टार, एनआइबिएल फ्रेण्डस, सामसुङ जावलाखेल यूथ, यति हिमालयन शेर्पा, त्रिभुवन आर्मी, एपिएफ क्लव, यू–१६ राष्ट्रिय टिमले प्रतिष्पर्धा गर्नेछन् । त्यस्तै आयोजक पोखरा–११ पनि प्रतिश्पर्धामा छ । विदेशी टिममा नेप्लिज फुटबल एशोसिएसन–हङकङ, यति फुटबल क्लव–अस्टे«लिया र भुटानको ए डिडिजन क्लव पनि सहभागि हुँदैछन् । यो संस्करणका विजेताले ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई मोटरसाईकल , उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउने संयोजक कुमार गुरुङले बताए ।

कमेन्टहरु
Loading...