सफल पोखरा कपको उद्घाटनमा जाउलाखेल र फ्रेण्डस क्लब भिड्ने

सागर राज तिमिल्सिना
पोखरा, ४ काक्तिक/सफल पोखरा कप फुटबल प्रतियोगिताको तेश्रो संस्करण मंगलबारदेखि सुरु हुँदैछ । पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा एनआईबिएल फ्रेण्डस र सामसुङ जावलाखेल भिड्दैछन् । कास्की जिल्ला फुटबल संघको आयोजनामा हुन लागेको प्रतियोगिता कात्तिक १६ गतेसम्म चल्नेछ । उद्घाटन खेलका लागि दुवै टिम पोखरा आईसकेका छन् ।

jaulakhel, friendsउद्घाटन खेलमा भिड्ने दुवै टिमका प्रशिक्षकहरुले दशैंको लामो बिदाको कारण प्रशिक्षणलाई निरन्तरता दिन नसक्दा केहि समस्या रहेको बताएका छन् । ‘दशैंको लामो बिदाले चुस्त प्रशिक्षण हुन पाएको छैन,’ सामसुङ जावलाखेल यूथका प्रशिक्षक राजकुमार केसीले भने, ‘प्रशिक्षणलाई निरन्तरता दिन पाएको भए अझै राम्रो हुन्थ्यो ।’

ब्रिटिश गोर्खाकप पछिको २ महिना बाहेकको समय खेलाडीले निरन्तर प्रशिक्षण लिईरहेकोले टिम राम्रो रहेको केसीको भनाई छ । राम्रो खेल्ने अपेक्षासहित पोखरा आएको उनले सुनाए । ब्रिटिश गोर्खाकपमा यीनै दुई टिम भेट भएका थिए । उक्त खेलमा जावलाखेलले १–० मा फ्रेण्डसलाई हराएको थियो । अर्काे टिम एनआईबिएल फ्रेण्डसका प्रशिक्षक मेघराज केसीले लामो समयको प्रशिक्षण ‘ग्याप’ हुँदा केहि समस्या रहेको बताए ।

ब्रिटिश गोर्खाकपपछि खेलाडीले निरन्तर प्रशिक्षण लिन नपाएको उनले सुनाए । ‘समयको हिसाबले करिब ६ महिना कुनै ठुला प्रतियोगिता भएनन । यो बिचमा खेलाडीलाई प्रयाप्त प्रशिक्षण दिईएको छैन,’ पे्रmण्डसका प्रशिक्षक केसीले भने, ‘नियमित प्रतियोगिता हुने हो भने मात्र खेलाडीले प्रशिक्षण पाईरहन्छन् । दुबै टिम यस अघिका संस्करणमा उद्घाटन खेलबाटै बाहिरिएका थिए । दोस्रोे संस्करणमा सहभागीता नजनाएको जाउलाखेल सफलकपको पहिलो र फ्रेण्डस क्बल दोस्रो संस्करणको उद्घाटन खेलबाटै बाहिरीएका थिए । दुबै टोली यस अघिको हारलाई विसाउदै अघिल्लो चरण प्रबेशका लक्ष्य सहित मैदान उत्रिदै छन् ।

प्रतियोगितामा नेपालका उत्कृष्ट ८ टिम, विदेशका तीन र आयोजक एक गरि १२ टिमले प्रतिश्पर्धा गर्दैछन् । प्रतियोगितामा लक्ष्मीहुण्डाई मनाङ मस्र्याङदी, लक्ष्मी बैंक थ्रीस्टार, एनआइबिएल फ्रेण्डस, सामसुङ जावलाखेल यूथ, यति हिमालयन शेर्पा, त्रिभुवन आर्मी, एपिएफ क्लव, यू–१६ राष्ट्रिय टिमले प्रतिष्पर्धा गर्नेछन् । त्यस्तै आयोजक पोखरा–११ पनि प्रतिश्पर्धा गर्दैछ । विदेशी टिममा नेप्लिज फुटबल एशोसिएसन–हङकङ, यति फुटबल क्लव–अस्टे«लिया र भुटानको ए डिडिजन क्लव पनि सहभागि हुँदैछन् ।

यो संस्करणका विजेताले ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । अघिल्लो संस्करणमा विजेताले ३ लाख ५ हजार र उपविजेताले १ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए । त्यसबाहेक विभिन्न विधामा उत्कृष्टता प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गर्ने एन्फा कास्कीले जनाएको छ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिईने आयोजकले जनाएको छ । उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ पाउनेछन् ।

कमेन्टहरु
Loading...