चौथो सिम्पानी कपमा पाँच खेल

कार्तिक ४,पोखरा/त्रिशक्ति समाज सेवा क्लवको आयोजनामा पोखरा –१,कसेरीमा जारि चौथो सिम्पानी कप खुला सेभेन ए साइड फुटवल प्रतियोगितामा सोमबार पाँच खेलहरु सम्पन्न भएका छन् । सम्पन्न खेलहरुमा एएच एफसी, कल्पेश्वर एफसी, प्राइज प्याक एफसी, एफसी सिम्पानी ए र वि–१३, बाँझापाटन विजयी भएका छन् । एएच एफसीले आयोजक सिम्पानी सि लाई ५–१ गोलको फराकिलो अन्तरले पराजित ग¥यो ।

सो खेलमा म्यान अफ द म्याच चिनकाजी गुरुङ्गले ह्याट्रिक गरे भने बासु त्रिपाठीले १ गोल गरेका थिए । खेलका अन्य दुई गोल सुसाइट गोल भएका थिए । त्यस्तै, प्रविण गुरुङ्गको गोलमा कल्पेश्वर एफसी फेदीले न्यू त्रिशक्ति लाहाचोकलाई १–० गोलले पराजित ग¥यो । निर्णायक गोल गरेका गुरुङ्ग म्यान अफ द म्याच भएका थिए । सोमबारकै अर्को खेलमा प्राइस ट्याग एफसीले रत्न समाज सेवा क्लव वि लाई २–० गोलले पराजित ग¥यो । प्राइज प्याकको तर्फबाट सबिन्द्र श्रेष्ठ र रबि थापाले एक एक गोल गरे । सो खेलमा कल्पेश्वरका सुमन तामाङ्ग म्यान अफ द म्याच भएका थिए ।

भदौरे एफसीले वाकओभर दिएपछि सिम्पानीको ए टोलि विजयी भयो भने सोमबारको अन्तिम खेलमा बि–१३–बाँझापाटनले मालेपाटन युनाइटेड ए लाई ४–० गोलको फराकिलो अन्तरले पाखा लगायो । बाँझापाटनको जितमा म्यान अफ द म्याच कृष्ण कुँवर, उत्तम गुरुङ्ग, सञ्जय गुरुङ्ग अजय विकले एक एक गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार पनि पहिलो चरणकै पाँच खेल हुने आयोजक क्लवका सह–सचिव सोमबहादुर तामाङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...