कास्की कांग्रेस क्षेत्र नं ४ को घाहाचोकमा घरदैलो र आमसभा

कात्र्तिक ४, पोखरा/नेपाली कांग्रेस क्षेत्र नम्बर नं ४ कास्कीले चुनावी प्रचारप्रसार अभियान अन्तर्गत सोमवार घाहाचोक गाउँ विकास समितिमा कार्यकर्ता भेला तथा आमसभा गरेको छ । सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले कम्युनिष्ट वाहुल्यतामा वनेको संविधानसभाले नयाँ संविधान वनाउन नसकेको प्रति संकेत गर्दै नेता शर्माले प्रजातान्त्रिक संविधान वनाउन कांग्रेसलाई मतदान गर्नुपर्ने वताए ।

जनताको अधिकार सम्पन्न संविधान कांग्रेसले मात्रै वनाउन सक्ने हुँदा मुलुक र जनताको हितका लागि कांग्रेसलाई जिताउनु पर्ने बताए । नेपाली कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार महादेव गुरुङ्गले शान्ति, संविधान, समृद्धि, स्थायित्व, जातिय र भाषिक सद्भावका लागि चुनावमा कांग्रेसलाई जिताउनुपर्नेमा जोडदिए उम्मेदवार गुरुङले समीवगर–लाहाचोक–माछापुच्छ«े–तातोपानी सडकको स्तरउन्नति गर्दै, घाहाचोक गाविसको कृषि र खानेपानीको मुल समस्या आफ्नो कार्यकालका समाधान गर्ने प्रतिवद्धता दिएका थिए ।

ईकाई सभापति तोयानाथ लम्सालको सभापतित्वमा भएको भेलालाई सम्बोधन काग्रेसका नेताहरुले सम्बोधन गरेका थिए । घाहाचोक गाविसमा घरदैलो कार्यक्रम पनि भैरहेको नेपाली कांग्रेस कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...