मिस दलित नेपालको छिनोफानो ८ गते हुने

पोखरा, ४ कात्र्तिक /नेपाल दलित समाज कल्याण संघको आयोजना तथा ट्रेनर नेपालको सहकार्यमा नेपालमैै पहिलो पटक हुनलागेको मिस दलित नेपाल २०७० को ग्राण्ड फिनाले कार्तिक ८ गते हुने भएको छ । नेपालका बिभिन्न शहरहरु भैरहवा, बाग्लुङ्ग, पाल्पा, काठमाण्डौँ, चितवन, बुटवल पोखरा लगायतका ठाऊँहरुबाट छनौटमा परेर आएका कुल २१ जना प्रतियोगीहरुको फाईनल चरणको लागी प्रतियोगीहरु अहिले प्रशिक्षणमा ब्यस्था रहेका छन ।

प्रतियोगीहरुलाई बिभिन्न बिधामा अहिले ट्रेनर नेपालका अध्यक्ष रबिन गुरुङ्ग, शलिना गुरुङ्ग, करीश्मा सुनार लागायतले तालित तथा प्रशिक्षण दिईरहेका छन । यसअघि प्रतियोगीहरुको बिचमा ट्यालेण्ट कन्टेस्ट सम्पन्न भईसकेको छ ।

प्रतियोगीताको बिजेता र उपबिजेता तथा अन्य विविध बिधामा उत्कृष्ट हुनेलाई क्राउन, ट्रफीको साथमा आकर्षक पुरस्कारको ब्यवस्था रहेको आयोजकको भनाई छ । पहिलो मिस दलित नेपाल २०७० कार्यक्रमबाट बचत रकम कास्कीको लाहाचोक गाबिसमा रहेको जनजागरण प्रथामिक बिद्यालयका बिद्यार्थीहरुका लागी छात्रबृत्ती स्वरुप खर्च गरीने नेपाल दलित समाज कल्याण संघका अध्यक्ष बलराम गायकले जानकारी दिएका छन ।

कमेन्टहरु
Loading...