पोखरामा १० किलोमिटर दौड प्रतियोगिता हुने

पोखरा, ४ कात्तिक/नेपाल खेलकुद महासंघ क्षेत्र न २ को आयोजनामा पोखरामा दश किलो दौड प्रतियोगिता हुने भएको छ । कात्तिक ९ गते म्याराथन आयोजना गर्न लागिएको महासंघले जनाएको छ । प्रतियोगितामा प्रथमलाई १५, द्धितियलाई १०, तृतियलाई ५ र सान्त्वनालाई २ हजार रुपैयाँ प्रदान गरिने महासंघले जनाएको छ ।पोखराको पृथ्वीनारायण क्याम्पसबाट सुरु हुने दौड प्रतियोगिता नदिपुर, महेन्द्रपुल, रानीपौवा, सितलदेवी, भद्रकाली, मियापाटन, अमरसिंह, रामबजार हुदै बृद्धचोकमा आएर समापन हुने प्रचार संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न आर्थिक संयोजकमा दिलकाजी गुरुङ, प्रचारमा संयोजकमा अर्जुन अधिकारी, प्राविधिक संयोजकमा फत्त गुरुङ, स्वयमसेवक संयोजकमा दर्शन लामा मंच ब्यवस्थापनमा डिबी राई, स्वास्थ्य संयोजकमा कृष्ण तिमिल्सिनालाई चयन गरेको छ ।

कमेन्टहरु
Loading...