इपीएस परीक्षामा ८ हजार ७ सय २२ जना पास

काठमाडौं, ४ कात्तिक/रोजगारीका लागि दक्षिण कोरिया जाने कामदारका लागि लिइएको रोजगार अनुमति प्रणाली इपीइसको भाषा परीक्षाको नतिजा सोमबार सार्वजनिक भएको छ। परीक्षामा ८ हजार ७ सय २२ जना उत्तीर्ण भएका छन्। असोज २० र २१ गते भएको परिक्षामा ४७ हजार ९ सय २८ जनाले फर्म भरे पनि ४५ हजार जनाले परीक्षा दिएका थिए।korin
३ हजार ७ सय ६२ जना कृषितर्फ र ४ हजार ९ सय ६० जना उत्पादनमुलक काममा उत्तीर्ण भएका छन्। कोरियाले यस वर्ष कृषिमा करिब ३ हजार ६ सय र औद्योगिक क्षेत्रमा ४ हजार ६ सय उर्तिर्ण गराउने बताउँदै आएको थियो।
 
 
परीक्षाफल तलको लिङ्कमा हेर्न सक्नुहुन्छ।
परीक्षाफल तलको लिङ्कमा हेर्न सक्नुहुन्छ।
http://www.dofe.gov.np
http://www.epsnepal.gov.np

कमेन्टहरु
Loading...