पोखरा ४ असोज/जाल्पादेवि टोलसुधार समितिको आयोजनामा स्वर्गीया कोमलनाथ विजुच्छेको १३ औँ पुण्यतिथीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । समितिका अध्यक्ष कृष्णमान ठुसाजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्रिय सभापति शोभाचन्द्र बरालले स्वर्गीया विजुच्छे पार्टी र समाजमा पु¥याएको योगदानको कदर गर्नुपर्ने बताउनुभयो ।
उहाँले विजुच्छेले गरेको सँस्कृतिको संरक्षणबाट नवपुस्ताले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरि नेपाली कांग्रेस नगर सभापति विष्णुहरी बरालले समाजसेवी विजुच्छेको निधनले देशलाई नै क्षति पुगेको दावी गर्नुभयो । कार्यक्रममा नेकपा एमाले वडा अध्यक्ष राजकुमार गिरिले विजुच्छे प्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाजले निष्ठावन व्यक्तित्व गुमाउन पुगेको बताउनुभयो । उहाँले विजुच्छेको निधनले सम्पुर्णलाई स्तब्ध बनाएको बताउनुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा प्रेस युनियन केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुली, प्रेस युनियन जिल्ला सभापति शिरोमणी बराल, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, समाजसेवी परशुराम बराल, विष्णु प्रसाद बराल लगायतले स्वर्गीया विजुच्छेले समाजमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । सुधारसमितिका पुर्वउपाध्यक्ष मिन प्रसाद भट्टराइले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा स्वर्गीय विजुच्छेका सुपुत्र विरेन्द्र नारायाण विजुच्छेले दुःखद घडीमा साथ दिने सम्पुर्णलाई धन्यावाद दिनुभएको थियो ।
कार्यक्रम समितिका उपाध्यक्ष कृष्णा थापाले संचालन गर्नुभएको थियो । यसैविच प्रेस युनियन कास्कीले स्थापना गर्न लागेको प्रेस युनियन अक्षयकोषका लागि स्वर्गीया कोमलनाथ विजुच्छेको १३ औँ स्मृतिमा परिवारका तर्फबाट ५१ हजार १ सय ११ को चेक सुपुत्रा विरेन्द्र नारायाण विजुच्छे प्रेस युनियन कास्कीका सभापति शिरोमणी बराललाई हन्तान्तरण गर्नुभएको थियो । विंस १९८१ कात्र्तिक ३ गते जन्मिनु भएका स्वर्गीय विजुच्छेको विंस २०७० असोज २३ गते निधन भएको थियो । स्वर्गीय विजुच्छेको ३ छोरा र ६ छोरी रहेका छन ।