भारत तिर नेपाली राष्ट्रिय क्रिकेट टोली

काठमाडौ, ४ कात्तिक /विश्वकप छनोट क्रिकेट प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज भारत प्रस्थान गरेको छ। कप्तान पारस खड्काको नेतृत्वमा १४ खेलाडीसहित १८ सदस्यीय टोली दिल्ली गएको क्यानले जनाएको छ । नेपाली खेलाडीले भारतको स्थानीय टिमसँग सात अभ्यास खेल खेल्नेछ। नेपाली टोलीले आगामी नोभेम्बर १५ देखि यूएईमा हुने टी– ट्वान्टी विश्वकप छनोट चरणको अन्तिम तयारीका लागी नेपाली टोली ११ दिनका लागी दिल्ली गएको हो ।can नेपाली टोलीले दिल्ली डिस्ट्रिक्ट एसोसिएसनसँग लगातार तीन ट्वान्टी–२० खेल खेल्ने कार्यक्रम रहेको क्यानले जनाएको छ। टोलीले भारतका चर्चित खेलाडी गौतम गम्भीरको नेतृत्वमा रहेको इन्भिटेसनल इलेभेनसँग पनि खेल्नेछ। दिल्लीमा अभ्यास खेल खेलेपछि नेपाली टोली टी–ट्वान्टी विश्वकप छनोट क्रिकेट खेल्न उतैबाट यूएई प्रस्थान गर्ने छ ।
सोह्र टिम सहभागी हुने विश्वकप छनोटको शीर्ष ६ टोली अर्को वर्ष बङ्गलादेशमा हुने ट्वान्टी–२० विश्वकप खेल्न पाउनेछन्। नेपाल रहेको समूह ुबीु मा अफगानिस्तान, स्कटल्यान्ड, नेदरल्यान्ड, पपुवा न्यूगिनी, केन्या, डेनमार्क र बर्मुडा रहेका छन्। त्यसैगरी समूह ुएु मा आयरल्यान्ड, क्यानडा, यूएई, नामिबिया, हङकङ, युगान्डा, अमेरिका र इटली रहेको क्यानले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...