भूर्तेल प्राविमा स्वर्ण जयन्तीका लागी विभिन्न उपसमिती गठन

पोखरा ३ कार्तिक/सरकारी विद्यालयका विद्यार्थी कम भएर सरकारी स्कुल गाभिने क्रम चलिरहेको बेला कास्कीको उत्तरी भेगमा रहेको भूर्तेल प्रा वि भने स्तरिय शिक्षा दिने योजनाका साथ अघि वढ्ेको छ । आगामी माघमा स्वर्ण जयन्ती मनाउने तरखरमा रहेको भूर्तेल प्रा बिले ५० वर्षको शैक्षिक दौरानमा थुपै्र योग्य नागरिक उत्पादन गरिसकेको यो विद्यालय अहिले अझ थप स्तरिय शिक्षा प्रदान गर्दै विद्यार्थीहरुलाई आकर्षण गर्ने योजनामा रहेको छ । त्यसो त विद्यालयको शैक्षिक उन्नतीका लागी स्थानिय बासिन्दा अभिभावक,देखि पुर्ब बिद्यार्थीहरु समेत जोडतोडकासाथ लागेका छन।
आगमी माघ १५, १६ र १७ गते विद्यँलयकाृ प्रांगणमा हुने स्वार्ण जयन्तीका लागि बिभिन्न उपसमिती हरु समेत गठन गरि सकिएको छ । स्वर्ण जयन्ती संगै बिद्यालयलाइ थप मजबुत व्यवस्थित र पुर्बधार सम्पन्न बनाउनेृ समेत योजना बनाइएको छ । स्वर्ण जयन्ती मुल समारोह समितीको संयोजकमा बिष्णु प्रसाद भुर्तेल लाई चयन गरिएको छ ।

कमेन्टहरु
Loading...