आगामी निर्वाचन देश विकासमा कोशेढुँगा ः के पी शर्मा ओली

कृपा भण्डारी / पोखरा,३ कार्तिक /नेकपा एमालेका बरिष्ठ नेता केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचन नेपाललाई विकास गर्ने अभियानमा कोशेढुँगा सावित हुने बताएका छन् । नेकपा एमाले कास्कीको उम्मेदवार घोषणा सभालाई आज कास्कीको लेखनाथमा सम्बोधन गर्दे ओलीले अबको निर्वाचन संबिधान बनाउन मात्र केन्द्रित नभएर देशलाई अग्रगामी निकास दिने धेरै पक्षमा केन्द्रित रहने भएकाले आगामी निर्वाचन कोेशेढुँगाको रुपमा रहने बताउनुभएको हो ।नेता ओलीले विगतमा एमाले सत्ता बाहिर रहेकै कारण संविधान नबनेको बताउदै अबको निर्वाचनमा एमालेले बहुमत ल्याउनैपर्ने दवाव रहेको स्पष्ट पार्नुभयो । उहाँले देशमा संविधान बनाउन तथा देश र जनताको विकास गर्न एमालेलाई बहुमतको ताज पहिराईदिन आग्रह गर्नुभयो ।
नेता ओलीले अन्य दलहरुको केही आश, भ्रम र त्रासले गर्दा नेपाली जनता अलमलमा परेको भन्दै देशी विदेशी चलखेलका कारण नेपालले चाहेको जस्तो विकास गर्न नसकेको बताउनुभयो ।

केहि दलहरु विदेशी डलरको भरमा चुनाव विथोल्न उद्धत रहेको बताउदै ओलीले जतिसुकै प्रतिवाद गरेपनी एमालेलाई कुनै असर नपर्ने बताउनुभयो । उहाँले जनआन्दोलनबाट पाएको उपलब्धीलाई संस्थागत गर्न नसक्नुमा सबैै दलको गल्ती रहेको भने स्विकार्नुभयो । घोषणा सभाका कास्कीका ४ क्षेत्रका ४ वटै उम्मेदवार मानबहादुर जि.सि, रविन्द्र अधिकारी, कृष्ण थापा र सिता गिरिले आ आफनो चुनावी एजेण्डा प्रस्तुत गरेका थिए । सभामा सहभागिता जनाउन कास्कीका ४ वटै क्षेत्रका एमाले कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...