माछापुच्छे सहकारीको पदस्थापन

पोखरा, कात्तिक ३ /माछापुच्छ«े सहकारी संस्था लिमिटेडका नवनिर्वाचित पदाधिकारीको पदस्थापन गरिएको छ । पोखरा चिप्लेढुंगास्थित सहकारीको केन्द्रीय कार्यालयमा आइतबार आयोजित कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष हेडम्बराज पराजुलीले नयाँ पदाधिकारीलाई टीका लगाएर निर्णय पुस्तिका हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।

कार्यक्रममा संस्थाको अवस्थाबारे नयाँ पदाधिकारीलाई जानकारी गराइएयो थियो । संस्थाले आउँदा दिनमा गर्ने कार्यक्रमबारे समेत त्यस अवसरमा छलफल भएको थियो । कात्तिक २३ गते सम्पन्न सहकारीको साधारण सभाले कुसुमकेशव पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । सहकारीको उपाध्यक्ष वीरबहादुर कार्की, सचिव रविरमण तिवारी र कोषाध्यक्ष पुष्पराज पराजुली चुनिएका थिए । त्यसैगरी सदस्यमा भवानी शर्मा लामिछाने, तोयनाथ लामिछाने, प्रकाश पौडेल र वर्षाकेशव पराजुली निर्वाचित भएका थिए ।

पूर्वअध्यक्ष हेडम्बराज पराजुलीलाई संरक्षक चुनेको सहकारीको साधारण सभाले लेखा समिति संयोजक हरिप्रसाद बराल र सदस्य प्रकाशचन्द्र तिवारी तथा कमलप्रसाद पौडेललाई छनोट गरेको थियो । २०५५ सालमा स्थापित माछापुच्छ«े सहकारीले २०६९÷७० मा १२ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

कमेन्टहरु
Loading...