संघीय समाजवादीको कास्की २ मा प्रचार कार्यलय स्थापना

पोखरा, ३ कात्तिक/दोश्रो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीको तर्फबाट प्रत्यासी कास्की क्षेत्र नं. का उमेदवार देविराज गुरुङको चुनावी अभियानलाई तिवैता दिन आइतवार पोखरा १२ माटेपानीमा चुनाव प्रचार प्रसार कार्यलय स्थापना गरिएको छ । कार्यलयको संघीय समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव मीना गुरुङले रिबन काट्नुका साथ संघीय समाजवादीको चिन्ह छाता उघारेर उद्घाटन गर्नुभएको हो । कार्यलयको उद्घाटन गर्नुहुदै गुरुङले विगतदेखिको विभेदको अन्त्यका लागि, राजनीतिक स्थितरता, सम्बृद्धि नेपाल निर्माण र पहिचान सहितको संघीय संविधान निर्माणका लागि नयाँ राजनैतिक शक्तिको रुपमा उदय भएको संघीय समाजवादी पार्टीका उमेदवारहरुलाई गोलाकारभित्रको छाता चिन्हमा मतदान गरि विजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रम कास्की क्षेत्र नं. २ का उमेदवार देविराज गुरुङले पुराना दलहरुले जनतालाई बारम्बार अपमान, ढाँट छल गर्दै मुलुकलार्य संविधान, निकास र विकास दिन नसकेकाले विभेदमा पारिएका जनताको मुक्ति र सम्बृद्ध नेपाल निर्माणका लागि आफुलाई भोट दिन आग्रह गनुृभयो ।
पार्टीका केन्द्रीय सदस्य रामबहादुर नेपालीले दासताको साङ्लोबाट मुक्ति हुनका लागि सामन्ती राजनीतिक दलहरुबाट विद्रोह गर्दै जनता संघीय समाजवादी पार्टीमा आवद्ध हुदै गएकाले जनताको पार्टी संघीय समाजवादी पार्टीको जित सुनिश्चित भएको दावी गर्नुभयो ।

जिल्ला अध्यक्ष दीपक तामाङले पहिचान सहितको संघीयता निर्माण गर्न काँग्रेस र एमाले विरोधमा उत्रेको र एनेकपा माओवादीले अस्थिर चरित्र प्रस्तुत गरेकै कारण पहिलो संविधानसभाको अवसान भएको र दोश्रो संविधानसभामा पहिलो संविधानसभाको हत्याराहरुलाई नभई जनताको पिडा बोध गरेको पार्टीको गोलाकार भित्रको छाता चिन्हमा मतदान गर्नु आग्रह गर्नुृभयो ।

कमेन्टहरु
Loading...