लेखनाथ हार्डवयर एसोसियनको साधारण सभा भेडेटारमा

कात्र्तिक ०३÷धरान भेडेटार /लेखनाथ हार्डवयर एसोसियशनको पाँचौ साधारण सभा पूर्वि नेपालको पर्यटकीय क्षेत्र भेडेटारमा सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भेडेटारमा सम्पन्न भएको साधारण सभाले व्यवसायिक एकता, लगानीको सुनिश्चितता, गुणस्तरिय सेवा र मुल्य एकरुपता कायम गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ । साथै उधारो कारोवारलाई निरुत्साहित गर्दै प्रभावकारी संयन्त्र वनाई अनुगमन गर्ने निर्णय समेत गरेको छ ।Hard Ware Assotationसभाले सदस्यता विस्तार, कार्यालय व्यवस्थापनका लागि जग्गा खरिद गर्ने कार्ययोजना समेत अगाडी सारेको छ । सभामा व्यवसायीहरुले प्रतिस्पर्धाको बजारमा अस्वस्थ क्रियाकलापलाई नियन्त्रण गर्दै, गुणस्तरिय सामाग्री मार्फत भूकम्प प्रतिरोधात्मक निर्माणलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए । लेखनाथ हार्डवयर एसोसियसनका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रममा धरान हार्डवयर एसोसियसनका महासचिव नविन श्रेष्ठले अध्ययन अवलोकनका साथमा भएको साधारण सभाले आन्तरिक पर्यटन प्रर्वद्धनका साथै व्यवसायीहरुका विच भातृत्वको सम्वन्ध विस्तार हुनेमा जोड दिए ।
साधारण सभा व्यवस्थापन उपसमितिका संयोजक सुदिप गुरुङ्गले व्यवसायिक हकहितका लागि सवै व्यवसायी संगठित भएर अघि वढ्नु पर्ने उल्लेख गरे । एसोसियसनका उपाध्यक्ष ऋषिराम भण्डारीले स्वागत मन्तव्य गर्दै लेखनाथको विकासमा निर्माण सामाग्री सप्लायर्सको महत्वपूर्ण भूमिका रहेको वताए । सभामा संचारकर्र्मीद्धय नवराज सापकोटा र भिमपाणि वरालले मुल्य एकरुपता कायम गरी स्वस्थ प्रतिस्पर्धामा व्यवसाय संचालन गर्न सुझाव दिएका थिए ।

सभाले सचिव विजय गुरुङ्गले प्रस्तुत गरेको वार्षिक प्रगती प्रतिवेदन र भावि योजना तथा कोषाध्यक्ष खेम अर्यालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो । सभामा साधारण सभा व्यवस्थापन समितिका आर्थिक प्रतिवेदन पारित गरेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष भक्तवहादुर के.सी र सदस्य शैलेन्द्र मोहन भट्टराईले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा साधारण सभा व्यवस्थापन समितिका संयोजक सुदिप गुरुङ्ग, धरान हार्डवयर एसोसियसनका महासचिव नविन श्रेष्ठ, सदस्य दुर्गाराज भण्डारी, संचारकर्मीद्धय नवराज सापकोटा र भिमपाणि वराल तथा जगदम्वा ट्राभल्सका चालक राजु मगर र सहचालक सुनिल सुनारलाई समेत सम्मान गरिएको थियो । यसै विच गजलकार एवं एसोसियसनका सदस्य ऋषिराम जमरकट्टेलले कार्यक्रममा दुई दर्जन गजल वाचन गरेका थिए ।

कमेन्टहरु
Loading...