एमालेको लेखनाथमा क्षेत्रीय भेला, नेता ओली लेखनाथमा

पोखरा, ३ कात्तिक /नेकपा एमाले कास्की क्षेत्र नं. १ को आयोजनामा लेखनाथमा उम्मेदवार परिचय तथा क्षेत्रीय सभाको आयोजना गदै छ । कार्यक्रममा कास्कीका चारै निर्वाचन क्षेत्रका उम्मेदवारको परिचय कार्यक्रमका साथै सम्वोधन गर्ने कार्यक्रम रहेको छ । भने नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले सम्वोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले क्षेत्र न १ का अध्यक्ष टिकाराम पंगेनीले जानकारी दिनु भयो । सभामा सम्वोधन गर्न एमाले नेता ओली आजै पोखरा आइसक्नु भएको छ । मध्यान्ह १२ बजेपछि कार्यक्रम सुरु हुने एमालेले जनाएको छ ।
आमसभामा चारै निर्वाचन क्षेत्रबाट कार्यकताको सहभागिता गराउदै एमालेको पक्षमा जनताई मतदानका लागी आग्रह गरिने एमालेले जनाएको छ ।

कमेन्टहरु
Loading...