समता काव्य सन्ध्याको २ सय ४४ औ श्रृंखला

पोखरा, ३ कात्तिक/पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक महिनाको पहिलो शनिबार आयोजना गर्दै आएको समता काव्य सन्ध्याको २४४ औं श्रृंखला पोखरा नदीपुरस्थित बालमन्दिरमा शनिबार सम्पन्न भएको छ । पोखराका अग्रज तथा अनुज पुस्ताका स्रष्टाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा कविवर तेजनाथ घिमिरेले कविताको पाठशालाको रुपमा चिनिदै आएको समता काव्य सन्ध्याले थुप्रै राम्रा कविहरुलाई जन्माइसकेको धारणा राख्नुभयो ।पोयुसाँपका पूर्व अध्यक्ष भोजबहादुर जि.सी. ले विगतमा भएका महत्वपूर्ण कार्यक्रमहरुको संस्मरण गर्दै आउँदा दिनहरुमा पोखराको वाङ्मयलाई उच्च राख्न सबैको सामूहिक प्रयासको महत्वका बारेमा बोल्नुभयो । हरेक महिनाको काव्य सन्ध्यामा नेपाली कविताको समसामयिक स्वरलाई सुनाउने क्रममा ‘विशेष कविता’ अन्तगर्त कवि नेत्र एटमको ‘कविताको अर्थ’ शीर्षकको कविता परिवारका साहित्य संयोजक दीपक समीपले वाचन गर्नु भएको थियो ।

कार्यक्रममा कविवर तेजनाथ घिमिरे , ईश्वरमणि अधिकारी , लक्ष्मण थापा , दीपक समीप , डा. बसन्त गौतम, ,तीर्थराज अधिकारी , उदीपराज ढुंगाना, सुरेश रानाभाट ,प्रकाश ज्ञवाली, सरस्वती प्रतीक्षा , एकदत्त लम्साल, सौगात संघर्ष , केशु शर्मा , आभाष , गोबिन्दराज पराजुली , प्रदीप पोख्रेल लगायतका स्रष्टाहरुले रचना वाचन गर्नुभएको थियो । परिवारका अध्यक्ष सरस्वती प्रतीक्षाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सुरेश रानाभाटले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन परिवारका सचिव प्रकाश ज्ञवालीले गनुभएको थियो ।

कमेन्टहरु
Loading...