सम्बृद्ध नेपालका लागि एमाओवादीलाई भोट भएकोः डा.क्षेत्री दावी

पोखरा, ३ कात्तिक /राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.दीपेन्द्रबहादुर क्षेत्रीले सम्बृद्ध नेपालको खाका एमाओवादीसँग मात्रै भएकोले संविधान सभाको निर्वाचनमा दुई तिहाई बहुमतले विजयी गराउनुपर्ने बताउनुभएको छ । आइतबार कास्की क्षेत्र न.३ अन्तर्गत पोखरा–६, डिहीकोपाटनमा वडा पार्टी निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन एवं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै डा.क्षेत्रीले भन्नुभयो–‘पार्टीले सार्वजनिक गरेको घोषणापत्रले नै एकीकृत माओवादी विकासप्रेमी र दुरदर्शी पार्टी भएको प्रमाणित गर्छ ।’ एकीकृत माओवादीका केन्द्रीय सल्लाहकार समेत रहनुभएका डा.क्षेत्रीले परिवर्तनलाई संस्थागत गर्न एमाओवादीलाई विजयी बनाउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा क्षेत्र न.३ का उम्मेदवार रामजीप्रसाद बराज (जीवन) ले जनमुखी संविधान निर्माण सहित समुन्नत नेपालको निमिक्त एकीकृत माओवादीलाई गोलाकारभित्रको हसियाँ हथौडामा मतदान गर्न आग्रह गर्नुभयो ।कार्यक्रममा युवा नेता किरण थापा, पार्टी जिल्ला सदस्य अग्नि कँडेल, तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष जितबहादुर तमु, पोखराको पुर्व उपमेयर क्या.मानबहादुर तमु, पुर्व जनमुक्ति सेना कृष्ण घिमिरेले बोल्नुभएको थियो ।

उक्त कार्यक्रममा एमालेका आइतबहादर परियार र नेपाली काँग्रेसका सुनिलबहादुर लामिछाने एकीकृत माओवादीमा प्रवेश गर्नुभएको थियो ।यसैबीच, जिल्ला सदस्य नर्मला कँडेलको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन प्रचारप्रसार तथा परिचालन समिति निर्माण भएको छ । वडा पार्टी अध्यक्ष लिलाधर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरि भण्डारीले गर्नुभएको थियो ।

यसअघि शनिबार बेलुका वडा न.६ मा एकीकृत माओवादीले बृहत मोटरसाइकल ¥याली समेत सम्पन्न ग¥यो । सयौंको संख्यामा मोटरसाइकल रहेको ¥यालीले वडा न.६ पुरै परिक्रमा गरेको थियो । वडा परिक्रमा पश्चात आयोजित कोणसभालाई अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिव स्थिरप्रसाद खनालले सम्बोधन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...