सृजनशिल महिला पत्रकारिता पुरस्कारको स्थापना

पोखरा, ३ कार्तिक /नेपाल पत्रकार महासंघ कास्की शाखाको आईतवार अध्यक्ष वद्रीविनोद प्रतिकको अध्यक्षतामा वसेको नियमित वैठकले सृजनशिल महिला पत्रकारिता पुरस्कारको स्थापन गर्ने निर्णय गरेको छ । हङकङ व्यूटिपार्लरकी संचालिका मिना गुरुङ्गले २ लाख रुपैयाँ वरावरको अक्षयकोष स्थापना गरेकी थिइन् । पुरस्कार संचालनका लागि आवश्यक निर्देशिका तयार गर्नका लागि पूर्वअध्यक्ष रवीन्द्र वाँस्तोला, केन्द्रिय सदस्य दुर्गा भण्डारी, संचारिका समूहका पश्चिमाञ्चल अध्यक्ष वसन्ती वाँस्तोला, क्रियाशिल महिला पत्रकार समूहका अध्यक्ष रीता गुरुङ्ग र सचिव त्रिभूवन पौडेल रहेको निर्देशिका समिति बनाएको छ । वैठकले पोखरा पत्रकारिता पुरस्कार २०७० को प्रतिभा छनौटका लागि वरिष्ठ पत्रकार कुसुमकेशव पराजुली, पूर्वअध्यक्ष रवीन्द्र वाँस्तोला, जिल्ला वारका अध्यक्ष कमल अर्याल, पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्रीविनोद प्रतिक सदस्य र सचिव त्रिभुवन पौडेल सदस्य सचिव रहेको प्रतिभा छनौट समिति गठन गर्ने निर्णय गरेको छ ।

जगन्नाथ स्मृति हिमदुत पत्रकारिता पुरस्कार २०७० को प्रतिभा छनौटका लागि पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, केन्द्रिय सदस्य रुद्र भट्ट, प्राध्यापक वेदहरी तिमिल्सिना, पत्रकार महासंघ कास्कीका अध्यक्ष वद्रीविनोद प्रतिक सदस्य र सचिव त्रिभूवन पौडेल सदस्य सचिव रहेको प्रतिभा छनौट समिति पनि आजैको वैठकले गठन गर्ने निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ कास्कीको स्मारिका प्रकाशनका लागि लागि महासंघ कास्कीका उपाध्यक्ष एवं स्मारिका प्रकाशन संयोजक राजवहादुर गुरुङ्गलाई सदस्यहरु थप गरी प्रकाशनको काम अगाडि वढाउने निर्णय पनि वैठकले गरेको छ ।

कमेन्टहरु
Loading...