संघीय समाजवादीको सौर्यमा चुनाव प्रचार कार्यलय स्थापना

पोखरा, २ कात्तिक/मंसिर ४ गते हुने दोश्रो संविधानसभाको निर्वाचनमा कास्कीका तर्फबाट प्रत्यासी सङ्घीय समाजवादी पार्टीका उमेदवारहरुलाई जिताउन गाँउ गाँउमा अभियान जारी रहेको छ । चुनावी प्रचार अभियानसँगै शनिवार कास्की क्षेत्र नं. १को माझठाना गाविसस्थित सौर्यमा चुनाव प्रचार प्रसार कार्यलय स्थापना गरेको छ । कार्यलयको क्षेत्र नं. १ का उमेदवार मनबबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । कार्यलय उद्घाटन गर्नुहुदै उमेदवार गुरुङले आम जनताले समानता महसुस गर्ने र पहिचान सहितको संघीय संविधान निर्माण गर्न आफ्नो उमेदवार भएकाले गोलाकारभित्रको छाता चिन्हमा मतदान गरी अध्याधिक बहुमतले विजयी गराउन अनुरोध गर्नुभयो ।

धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यलय उद्घाटन कार्यक्रममा संघीय समाजवादी कास्कीका अध्यक्ष दीपक तामाङ, संघीय युवा संघका केन्द्रीय सदस्य उदिम गुरुङ लगायतले आम नेपालीको स्वाभिमानसहितको संविधान निर्माणका लागि जन्मेको संघीय समाजवादी पार्टीका उमेदवारलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । यसैविच भेलाले धनबहादुर गुरुङको अध्यक्षतामा संघीय समाजवादी पार्टी माझठाना एवं चुनाव प्रचार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा रामबहादुर गुरुङ, सचिवमा राजु खड्का, सहसचिवमा दशरथ नेपाली, कोषाध्यमा प्रविन खड्का र सदस्यहरुमा चित्रबहादुर गुरुङ, यसबहादुर गुरुङ, डिलबहादुर गुरुङ, एकबहादुर गुरुङ, पुर्णबहादुर भुजेल, शशी खड्का, हरिमाया खड्का, डिलमाया गुरुङ, मनकुमारी गुरुङ(क) चयन हुनुभएको छ भने सल्लाहकारमा इमानबहादुर गुरुङ चयन हुनुभएको छ ।

यसरी नै शनिवार नै माझठानामा सम्पन्न भेलाले मनोज थापामगरको अध्यक्षतामा संघीय युवा संघ माझठाना गाँउ निर्वाचन परिचालन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा सुर्यबहादुर केसी, सचिवमा डोरेन्द्र गुरुङ, कोषाध्यक्षमा भक्तबहादुर गुरुङ र सदस्यहरु प्रताप गुरुङ, सोनु गुरुङ, सरोज नेपाली, मनकुमारी गुरुङ(ख), बक्तिमाया गुरुङ, बसुन्धरी नेपाली, हरिमाया गुरुङ, सुनिल गुरुङ चयन हुनुभएको छ ।
यसरी नै लेखनाथ नगरपालिकाक वडा नं. १ मा जनप्रकाशटोल तमु नयाँ बस्ती टोलमा सम्पन्न भेलाले माया देवी गुरुङको अध्यक्षतामा संघीय महिला संघ, चुनाव प्रचार समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुमाया गुरुङ, सचिवमा अनुराधा गुरुङ, कोषाध्यक्षमा कमला गुरुङ र सदस्यहरुका डिम्पल गुरुङ, गीता गुरुङ, बुद्धिसुवा गुरुङ, बनकुमारी गुरुङ, दुर्गादेवी गुरुङ, देवी गुरुङ र कमला गुरुङ चयन हुनुभएको छ ।

क्याप्टेन चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय समाजवादी पार्टी केन्द्रीय स्थानिय विभाग सदस्य तथा लेखनाथ नगरपालिकाका पुर्व उपमेयर गोपालमान गुरुङ, लेखनाथ नगर समितिका सल्लाहकार जंगबहादुर गुरुङ, संघीय युवा संघ कास्कीका सचिव कृष्ण तामाङ, पार्टीका नगर सचिव सुन्दुर तामाङले संघीय समाजवादी पार्टीका उमेदवार मनबहादुर गुरुङलाई गोलाकार भित्रको छाताचिन्हमा मतदान गरी जनताको अधिकार सहितको संविधान लेखाउन अभियानमा जुट्न आग्रह गरेका थिए ।यसरी नै भण्डारीढिकस्थित चुनावप्रचार प्रसार सम्पर्क कार्यालयमा युवा भेलामा समेत सम्पन्न भएको छ । भेलामा कास्की क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङ, गोपालमान गुरुङ, जंगबहादुर गुरुङ, धीरप्रसाद गुरुङ, रामबहादुर गुरुङ लगायतले निर्वाचनमा युवाको भुमिकाका बारेमा चर्चा गर्नुभएको थियो । भेलाले कात्तिक ५ गते लेखनाथमा प्रचार प्रसारका लागि मोटरसाईकल र्याली गर्ने निर्णय गरेको लेखनाथ युवा अध्यक्ष अमित थापामगरले जानकारीदिनुभयो । भेलाले र्याली सम्पन्न गर्नका लागि अध्यक्ष अमित थापामगरको संयोजकत्वमा १९ सदस्यीय संयोजन समिति गठन गरेको छ ।

कमेन्टहरु
Loading...