कास्की कांग्रेस क्षेत्र नं ४ का उम्मेदवार गुरुङ्गद्धारा चुनावी अभियान तीव्र

कार्तिक २ गते पोखरा/नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार महादेव गुरुङ्गले चुनावी प्रचार अभियानलाई तीव्रता दिनुभएको छ । शुक्रवार मात्रै जन्म गाँउ भदौरेवाट प्रचार अभियान थाल्नुभएका उम्मेदवार गुरुङ्गले शनिवार धम्पुसका यूवा संगको भेटघाट र पूरुन्चौरको घरदैलो तथा आमसभा सक्नुभएको छ । पार्टी सम्पर्क कार्यालयमा हरिचोकमा विहान धम्पुस गाविसका यूवाहरुले नेपाली कांग्रेसका उम्मेदवार महादेव गुरुङ्गलाई विजयी गराउने प्रतिवद्धता जनाइएका छन् ।

यूवा नेता धनवहादुर केसीको नेतृत्वमा आएका ३ दर्जन भन्दा वढि युवाहरुले गुरुङ्गलाई चुनाव जिताउन लाग्ने वताएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । नेपाली कांग्रेसले यूवाले मन पराएको नेता उठाएकाले आफुहरु उत्साहित भएको र महादेव गुरुङ्गलाई चुनाव जिताई छाड्ने अठोट राखेका छन् । उम्मेदवार गुरुङ्गले सम्र्पूर्ण यूवाहरुको मागलाई आफुले सम्वोधन गर्ने र यूवा केन्द्रित कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

यसैगरी, कास्कीको ल्वाङघलेल गाँउ विकास समितिमा नेपाली कांग्रेसको ५ सय १ सदस्यीय मुलप्रचारप्रसार समिति गठन गरिएको नेपाली कांग्रेसका यूवा नेता मेख तामाङ्गले जानकारी दिनुभयो । गाँउ ईकाईका सभापति समवहादुर गुरुङ्गको संयोजकत्वमा विभिन्न उपसमिति सहितको प्रचारप्रसार समिति वनाईएको हो । उपसमिति अन्र्तगत आर्थिक संयोजक वलवहादुर थापा, यूवा संयोजक ललितमान गुरुङ्ग, विद्यार्थी संयोजक नेत्र तामाङ्ग, दलित संयोजक दुर्गावहादुर विक, महिला संयोजक गोमा दाहाल र भूपू सैनिक परिचालन संयोजक चिजमान गुरुङ्ग रहनुभएको छ ।

यसैगरी सवै वडाका सभापति संयोजक रहने गरी वडास्तरमा पनि प्रचार समिति वनाईएको तामाङ्गले जानकारी दिनुभयो । यसैगरी नेपाली कांग्रेस कास्की निर्वाचन क्षेत्र नं ४ का सवै गाँउ विकास समितिका सभापति र पोखरा २ का सभापति र उम्मेदवार सहितको वैठक शनिवार वसेको छ । वैठकले कांग्रेसको पक्षमा चुनावी माहोल वनाउन व्यापक घरदैलो चलाउने भएको छ । चुनावी कार्यक्रमलाई अझ प्रभावकारी वनाउन कांग्रेसका सवै नेताहरुलाई गाँउ गाँउ खटाउने भएको क्षेत्रीय सचिव खिमनाथ वाँस्तोलाले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...