एमाले कास्की क्षेत्र नं. १ को चुनावी अभियान

पोखरा २ कार्तीक/मंसीर ४ गते हुने अर्को संविधान सभा निर्वाचनमा कास्की क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार मानबहादुर जि.सी.ले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । अभियान अन्र्तगत शनिबार लेखनाथ नगरपालिका वडा नंं. ४ का जनता समक्ष भेटघाट गरिएको एमाले क्षेत्र नं. १ कास्कीले जनाएको छ ।अभियानका क्रममा वडा नंं. ४ सात ठाउँमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि सामुहिक भेटघाट सम्पन्न गरिएको बताइएको छ । भेटघाटका क्रममा ठुलो संख्यामा उपस्थित त्यहाँका स्थानियले यसपालिको ििनर्वाचनमा जिसिलाई जिताउने सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् । चुनावको मिति नजिकिदै गर्दा घरदैलो अभियानलाई तिव्रता दिने क्रममा लेखनाथ पुगेका एमाले कास्कीका अध्यक्ष समेत रहेका संविधान सभा निर्वाचनमा कास्की क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार जिसीले लेखनाथ ४ का जनताबाट पाएको सर्मथनले आफ्नो जित सुनिश्चित बनेको बताए ।

एमालेको लहर पुर्व मेचिदेखि पश्चिम महाकाली सम्म आएको भन्दै घर घरमा, गाउँ गाउँमा एमालेको निति तथा कार्यक्रमको प्रचार प्रसार गर्दै एमालेको पक्षमा भोट हाल्न पेरीत गर्न उनले आग्रह गरेका थिए । विगतको संविधान सभाको चुनावमा एमाले हारेको कारण संविधान बन्न नसकेकोले मंसीर ४ गतेको निर्वाचनमा एमालेलाई जिताउनु पर्ने दावी उनले गरे । एमालेको जित विना लोकतन्त्र संस्थागत हुन नसक्ने भन्दै जनपक्षिय संविधान बनाउन एमालेको बहुमत आउनुपर्ने उनको भनाई थियो ।

कार्यक्रममा नेकपा एमाले अञ्चल समन्वय समितिका सदस्य विजयबाबु वनवासी, जिल्ला कमिटि सदस्य गोर्कण तिवारी लगायतले पनि एमालेको पक्षमा जनलहर बढ्दै गएकोले एमालेको विजय निश्चित भएको दावी गरेका थिए ।
चुनावी अभियान अन्र्तगत लेखनाथचोकमा आइतबार नेकपा एमाले क्षेत्र नं. १ को आयोजनामा क्षेत्र नं. १ स्तरीय वृहत आमसभाको आयोजना गरिएको छ । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने सभाको सम्पुर्ण तयारी पुरा भएको नेकपा एमाले क्षेत्र नं. १ कास्कीले जनाएको छ ।

कमेन्टहरु
Loading...