जनज्योती क्लबको साधारणसभा

कात्तीक २,पोखरा/कास्की जिल्लाको पुम्दी–भुम्दी वडा नं ४ मा रहेर सामाजी कार्यहरु गर्दै आएको स्थानीय जनज्योती क्लबको छैटौ साधारणसभा एक कार्यक्रमको बिच सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तथा पुम्दी–भुम्दी गा.वी.स. का सचिव गुरुप्रसाद पौडेलले गाँउको सम्रग विकासमा क्लबले पु¥याएको योगदानको प्रशंसा दिँदै क्लबलाई थप उचाईमा पुग्नको लागी शुभकामना दिएका थिए ।साधारणसभाले आगामी दुई बर्षका लागी नयाँ कार्यसमिती चयन पनि गरेको छ । जसमा अध्यक्ष कृष्णप्रसाद बराल,उपाध्यक्ष डेगनाराायण बराल,सचिव खुसीराम बराल,सह–सचिव नमराज पौडेल,कोषाध्यक्ष दयाराज बराल त्यसैगरी सदस्यहरुमा उमाखर बराल,विष्णुप्रसाद बराल,इशवरी बराल,तेजराज बराल,सितादेवी बराल,ठाकुर पौडेल,ऋषीराम बराल र खिमराज बराल चयन भएका छन् ।

क्लबका अध्यक्ष कृष्णप्रसाद बराल को सभातित्वमा सम्पन्न उक्त्त कार्यक्रममा स्थानीय समाजसेवी गोवीन्द बराल,उमाखर बराल,खुसीराम बराल,ठाकुर पौडेल लगायतले आ–आफ्नो भनाई राख्दै क्लबलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए भने क्लबका सचिवले प्रगती प्रतीवेदन र कोषध्यक्षले आर्थीक प्रतीवेदन प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...