एमाओवादीको प्रचार अभियान हेम्जामा

पोखरा २, कार्तिक/एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी हेमजा गाँउ कमिटिले एमाओवादी क्षेत्र नं ४ का उम्मेदवार गुप्त बहादुर हमाल सन्देश सँग भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आज हेमजामा सम्पन्न भएको छ ।कार्यक्रममा एमाओवादी क्षेत्र नं ४ का प्रत्यक्ष तर्फका उम्मेदवार गुप्त बहादुर हमाल सन्देशले देश यतिवेला दोस्रो संविधान सभाको चुनावमा होमिरहेको उल्लेख गर्दे, अग्रगामी सोच र पश्चगामी सोचको टकराबका कारण देशमा संविधान बन्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो –जुन खालका एजेण्डा मुद्धाहरु एकीकृत नेपाल कम्युनिष्ट पार्टीले ल्याएको छ , उम्मेदवारले जित्ने भनेको पार्टीले जित्ने पार्टीले जित्ने भनेको किसान गरिव दलित जनजाति सुकुम्बासीले जित्ने भएका कारण पनि परिवर्तनको पक्षमा लागेको एकीकृत कम्युनिष्ट पार्टी माओवादीलाई गोलाकार भित्र भएको हसिया हथौडाको चुनाव चिन्हमा भोट दिई सर्वाधिक मतले विजयी गराउनु अनुरोध गर्नुभएको थियो ।

जनताले आफूलाई विश्वास गरेको खण्डमा जनताको समस्या हल गर्ने , आफू जनताको सेवक भएको र जुनसुकै समयमा पनि जनताको सेवाागर्न तत्पर रहेको बताउदै हेमजाबासीको खानेपानी समस्यालाई समाधान गर्ने हेमजाको याम्दीमा भएको नदी कटानको क्षेत्रमा नदीलाई नियन्त्रण गरी व्यवस्थित गर्ने , बाटोघाटो मर्मत सम्भारका कार्यहरु पूर्ण गर्ने, लगायतका प्रतिवद्धता समेत व्यक्त गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथि एकीकृत नेकपा माओवादी इलाका नं ४ संयोजक विज्ञानले आफनो पार्टीले दुई तिहाई बहुमतले दोस्रो संविधान सभाको चुनावमा विजयी सुनिश्चित गर्ने दावी गर्नुभयो ।

कमेन्टहरु
Loading...