काठमाडौं, २ कार्तिक/विभिन्न अपराध अभियोगमा ७९ नेपाली रेडकर्नर नोटिसमा परेका छन् । चोरी, ठगी र हत्याजस्ता गम्भीर अपराधमा ९ मुलुकले उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी गरेको आजको कान्तिपुरमा खबर छ । सबैभन्दा बढी भारतीय इन्टरपोलले २५ नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ ।
कतारको दोहास्थित इन्टरपोलले २० जनाविरुद्ध, यूएईले १३ र अमेरिकाले ४ जनाविरुद्ध नोटिस जारी गरेको छ । नेपालमै १३ नेपालीविरुद्ध नोटिस जारी छ ।यस्तै साउदी अरेबियाले ३, बेलरुस र बहराइनले १र१ जनाविरुद्ध नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
नयाँदिल्लीले चोरी, डाँका ठगी र हत्या आरोपमा नोटिस जारी गरेको हो भने कतार, दुबई र यूएईमा धेरैजसो नेपालीलाई चेक बाउन्स र ठगीका मुद्दामा नोटिस जारी भएका छन् । अमेरिकाले यौन दुव्र्यवहार र ठगी आरोपमा नोटिस जारी गरेको हो । नेपालले इन्टरपोलमार्फत खोजी गरेकामा वैदेशिक रोजगारमा ठगी, हत्या, अपहरण र बलत्कारजस्ता अपराध छन् ।