कास्की क्षेत्र नं. ३ मा हामी अगाडी घर्तीको दावी

पोखरा, १ कात्तिक/दोश्रो संविधानसभाको निर्वाचनमा कास्की क्षेत्र नं. ३ मा संघीय समाजवादी पार्टीका तर्फबाट उमेदवार बन्नुभएका पानबहादुर घर्ती भुजेलले आफ्नो जित सुनिश्चित भएको दावी गर्नुभएको छ । आज पोखरामा सम्पन्न कास्की क्षेत्र नं. ३ को भेलामा बोल्नु हुदै उमेदवार घर्ती भुजेलले पहिचान सहितको संघीय संविधान निर्माणका लागि कास्की क्षेत्र नं. ३ का जनताले आफुलाई मतदान गर्न आतुर रहेकाले अत्याधिक बहुमतका साथ विजयी हुने दावी व्यक्त गर्नुभएको हो ।

कुलबहादुर भुजेलको अध्यक्षतामा सम्पन्न भेलाले संघीय समाजवादी पार्टीका उमेदवार पानबहादुर भुजेललाई विजयी गराउन पोखरा उपमहागरपालिकाको वडा नं. ६ मा दानबहादुर गुरुङ र हरिबहादुर भुजेलको संयोजकत्वमा ५१ सदस्यीय, वडा नं. १७ र ७ मा क्याप्टेन धनबहादुर गुरुङ र तुलबहादुर गुरुङको संयोजकत्वमा ५१ सदस्यीय, वडा नं. ८ र ९ मा प्रेमबहादुर गुरुङ र देवीप्रसाद गुरुङको संयोजकत्वमा ५१ सदस्यीय, वडा नं. ५ मा जुमकाजी गुरुङ र अमृत भुजेलको संयोजकत्वमा ५१ सदस्यीय र वडा नं. ४ मा सुकबहादुर घलेको संयोजकत्वमा २१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

यसैविच कास्की क्षेत्र नं २ का उमेदवार देवीराज तमुले घरदैलो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ । उहाँले आज पोखरा वडा नं. १६ को मध्यममार्ग, खरबारी, गुफामार्ग र पोखरा १२ माटेपानी लगायतको क्षेत्रमा मतदाताको घरदैलो र भेटघाट गर्नुभएको छ । यसरी नै क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङले लेखनाथ नगरपालिकाको वडा नं. ३ र ५ को शान्तिटोल, आर्शिवादटोल, घारीपाटन लगायतका क्षेत्रमा मतदाताको घरदैलो र भेटघाट गर्नुभएको छ ।

कमेन्टहरु
Loading...