कातिक १, पोखरा/यही आउँदो मंसिर ४ गते हुने संविधान सभा चुनावका लागी नेपाली कांग्रेस धिताल गाऊँ कार्य समितिको भेलाले समितिका अध्यक्ष चित्र बहादुर गुरुङको संयोजकत्वमा १ सय ५५ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कास्कीका उप सभापती मोती प्रसाद ढुङगानाको उपस्थीतीमा भएको भेलाले समितिको उपसंयोजकमा भवानी पौडेललाई चयन गरेको छ ।
यसैगरी भेलाले शिक्षक बुद्धिजीवी परिचालन संयोजकमा रामजी पौडेल, आर्थिक संकलन उप समितिमा चित्र बहादुर गुरुङ, महिला परिचालनमा हरिमाया अधिकारी, दलित परिचालनमा आस बहादुर बि.क., भू.पू सैनिक प्रहरी परिचालनमा नन्दलाल गौतम, अनुगमन मुल्याङकन समिति संयोजक दुर्गा दत्त पौडेललाई चयन गरेको छ ।
यसैगरी भेलाले आउँदो संविधान सभा चुनावमा कास्की क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसलाई अत्याधिक बहुमतले जिताउनका लागी सुन्दर गुरुङको संयोजकत्वमा तरुण युवा तथा विद्यार्थी परिचालन समिति समेत गठन गरेको छ । जसको उप संयोजकमा उत्तम गुरुङ, सचिव दिपक दहाल र सदस्यहरुमा अनिल ढुङगाना, बैकुण्ठ पौडेल, शिव पौडेल, दुर्गा बहादुर गुरुङ, प्रदेश गुरुङ, कुमार गुरुङ, भिमराज पौडेल, युवराज ढुङगाना, त्रिभूज दवाडी, प्रकाश गौतम, मोहन सापकोटा र बलराम अधिकारी रहेको क्षेत्रिय सदस्य राजाराम पौडेलले जानकारी दिनुभयो ।
२०८२ माघ १२ गते आईतवार
नेपाली कांग्रेस धितालमा १ सय ५५ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन
कमेन्टहरु