कास्कीमा एमाओवादीको चुनाबी अभियान

पोखरा, कार्तिक १ गते/एकिकृत नेकपा माओवादी कास्कीले चार वटै निर्बाचन क्षेत्रमा उत्साहजनक ढंगले चुनाबी अभियान जारी रहेको जनाएको छ । यसअघि तिन वटा निर्बाचन क्षेत्रमा बिजयी भएको आफ्नो पार्टीले दशै अघि देखी सुरु भएको चुनाबी अभियानले चारवटै क्षेत्रमा बिजयी हुने अवस्था आएको एकिकृत नेकपा माओवादी कास्कीका संयोजक झलकपाणी तिवारीले जानकारी दिनुभयो ।चुनाबी अभियान कार्यक्रम अन्र्तगत क्षेत्र नम्बर तिनमा घर दैलो कार्यक्रमा शहिद बिजय ढकालले शहादत प्राप्त गरेको निर्मलपोखरी गाबिसको साम्मी मैदानबाट सुरु गरेको छ । निर्मलपोखरीका तिन वटा वडामा एकैदिन घरदैलो, कोणसभा तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । साम्मी मैदानमा शुक्रबार बिहान भएको कोणसभामा बोल्दै उम्मेदवार रामजी बराल जिबनले अन्तिम पटक हुन लागेको संबिधानसभाको चुनाबमा माओवादीलाई दुइ तिहाइ दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

माओवादीकै एजेण्डा भएका कारण संबिधानसभाको चुनाबमा माओवादीका उम्मेदवारले जितेमा मात्र, जनताको पक्षमा संबिधान बन्ने भएकाले कास्कीको क्षेत्र नम्बर तिनका जनतालाई आफुलाई मतदान गर्न आग्रह गर्नुभयो । कार्यक्रममा युवा नेता किरण थापा आमोदले निर्मलपोखरी, भरतपोखरी र कृस्तिका जनताले यसपटक नयाँ संबिधानसभाका सदस्य खोजेको वताउँदै, रामजी बरालको जित क्षेत्र नम्बर तिनमा निश्चित भएको वताउनुभयो ।

साम्मी मैदानमा भएको कार्यक्रममा इन्द्रबहादुर नेपाली, लेबाडेमा भएको कोणसभामा कृष्णबहादुर बिक र वडा नम्बर दुइ सिमलपोखरीमा भएको कोण सभा बेनी माधब भण्डारीको अध्यक्षतामा भएको थियो । यसैबिच, कास्कीको क्षेत्र नम्बर चारका उम्मेदवार गुप्तबहादुर हमालले पुम्दी भुम्दी, सराङ्गकोट, हेम्जा र पोखराको वडा नम्बर २ मा जनतासँग भेटघाट कार्यक्रम गर्नुभएको छ । त्यसक्रममा जनताबाट फेरी पनि कास्की क्षेत्र नम्बर चारमा माओवादीलाईनै बिजयी गराउने प्रतिबद्धता जनताबाट प्राप्त भएको हमालले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...