सुरक्षामा सम्झौता हुदैन गृहमन्त्री घिमिरे

सागर राज तिमिल्सिना
पोखरा, १ कार्तिक/गृह तथा परराष्ट्रमन्त्री माधब प्रसाद घिमिरेले संबिधान सभा निर्बाचनका लागी कसैसँग सुरक्षामा सम्झौता हुनै नसक्ने वताएका छन् । मन्त्री घिमिरेले संबिधान सभा पश्चिमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठिको पोखरामा आज उद्घाटन गदै सरकारले पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने सक्षम रहेको सेत दावी गरे । उनले सुरक्षा निकाय व्यवसायिक भएकाले प्रतिकुलतालाई अनुकुलतामा परिणत गरि संविधान सभा निर्वाचनमा पुर्ण सुरक्षा दिने विश्वास व्यतm गरे ।

policeगृहमन्त्री घिमिरेले नेपालको राजनीतिक इतिहासमा लोकतन्त्रको रक्षा गर्न नागरिक सवोच्चता कायम गर्न पनि संविधान सभाको निर्वाचन आवश्यक भएको बताउदै सरकाले सुरक्षा प्रदान गर्ने बताए । सुरक्षा निकायसगँ राजनीतिक दल, निर्वाचन आयोग र आम नागरिकले सुरक्षाको भरोसा राखेको हुने बताउदै सुरक्षा निकायले जिम्मेवारि र उत्तरदायित्व तवरबाट सुरक्षा दिने विश्वास समेत व्यक्त गरे । गृहमन्त्री घिमिरेले कार्तिक ४ गतेबाट नै नेपाली सेनाले परिचालन भै मतदान केन्द्रको रेक्की गर्ने बताए ।
कार्यक्रममा निर्वाचन आयोगका आयुक्त दोलख बहादुर गुरुङले सरकारले कुनै पनि हालतमा जसरी पनि सुरक्षा दिनु पर्ने बताए । उनले ०६४ निर्वाचनमा केहि घटना घटेको बताउदै अहिलेको चुनावमा ति समस्यया पनि नआउने बताए । उनले १८ हजार मतदान केन्द्रको सुरक्षा, छ हजार भन्दा बढि प्रत्यक्ष उम्मेद्वारहरुको शुरक्षा लगातलाई सरकाले ध्यान दिनु पर्ने बताए ।

पश्चिमाञ्चका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, अनुसन्धान र सुुरक्षा निकायका प्रमुखको सहभागीता रहेको छ । गोष्ठीमा भाग लिन गृह सचिब, सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीका जिम्मेवार व्यक्तीहरुको सहभागीता रहेको छ । सरकारले केहि दिन पहिले बनाएको सुरक्षा नितीको बारेमा गोष्ठीमा छलफल भएको छ । पाचँवटै विकास क्षेत्रमा गएर सुरक्षा स्थितिबारे जानकारी लिने उद्देश्यले आयोजित क्षेत्रिय सुरक्षा भेला यसअघि पूर्बाञ्चल, सुदुरपश्चिम, मध्यपश्चिम र मध्यमाञ्चलमा सम्पन्न भैसकेको छ ।

कमेन्टहरु
Loading...