पोखरा, १ कार्तिक/आगामी मसिर चार गते हुने दोस्रो संविधान सभामा नेकपा एमाले क्षेत्र नम्बर ४का उमेद्वार सीता गिरीलाई जिताउन गाउँ गाउँमा प्रचार प्रसारका साथै निर्वाचन परिचालन कमिटी गठन कार्यलाई तिव्र पारिएको छ । यसैक्रमममा शुक्रबार क्षेत्र नंम्बर चार अन्तर्गतको धम्पुस गाविसमा एमाले निकटको युवासंघले बाबुराम भण्डारीको नेतृत्वमा एक सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।
गाविस स्तरीय युवा भेलालाई सम्बोधन गर्दै नेकपा एमाले क्षेत्र नम्ंबर चारका उमेद्वार सीता गिरी वलीले विगतमा एमालेको नीति अन्तर्गत मुलुक लोकतान्त्रिक गणतन्त्रको बाटोबाट अगाडि बढेको भएपनि एमाले ठुलो दल बन्न नसक्दा निकास ननिस्केको वताउनुभयो । उहाँले अव एमालेकै नीति अनुरुप अगाडि बडेको मुलुकलाई निकास दिन र नयाँ संविधान निर्माण गर्न एमालेको चुनाव चिन्ह सुर्यलाई भोट हलेर जिताउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा युवा संघका स्थायी कमिटी सदस्य बादव वास्तोला, एमाले कास्कीका पुर्व सदस्य यमलाल देवकोटा, क्षेत्रीय कमिटी सदस्य यदुनाथ अधिकारी, भिम प्रसाद अधिकारी, कृष्ण प्रसाद अधिकारी लगाएतले भेलालाई सम्बोधन गर्दै अग्रगामी संविधान निर्माण र मुलुकलाई निकास दिन एमाले नेतृत्वको विकलप नरहेको भन्दै सुर्यमा मतदान गर्न सवैलाई आग्रह गरेका थिए ।