गुगलको ३ महिनाको नाफा ३ अर्ब डलर

इन्टरनेट सन्जाल गुगलले पछिल्लो त्रैमासिकमा झण्डै ३ अर्ब अमेरिकी डलर मुनाफा कमाएको छ । जुलाई देखि सेप्टेम्बर सम्मको तेश्रो त्रैमासिकमा गुगलले २ अर्ब ९७ करोड मुनाफा आर्जन गरेको हो । गुगलले उच्च मुनाफा गरेपछि कम्पनीको शेयर पनि ह्वात्तै बढेको छ ।

googleअक्टोबर १७ मा गुगलको शेयर मूल्यमा ६ प्रतिशतले वृद्धि भै ९४१।२५ पुगेको छ । गुगलका प्रमुख ल्यारी पेजले एक विज्ञप्ती मार्फत तेश्रो त्रैमासिक कम्पनीका लागि निकै ससक्त रहेको र ठूलो प्रगति हासिल भएको जनाएका छन् ।

गुगलले यो अवधिमा खासगरी विज्ञापनमार्फत हुने कमाइमा वृद्धि गरेको छ । विज्ञापनमार्फत हुने कमाइ अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८ प्रतिशत तथा अघिल्लो त्रैमासिकको तुलनामा ८ प्रतिशतले बढेको हो ।

कमेन्टहरु
Loading...