कास्की क्षेत्र नं ३का स्वतन्त्र उमेद्वार पहारिको अवधारणापत्र सार्वजनिक

पोखरा, १ कात्तिक/कास्की क्षेत्र नं ३का स्वतन्त्र उमेद्वार माधव पहारीले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । पूर्णिमाको अवसर पारि शुक्रवार विहान एक कार्यक्रमविच चार पृष्ठको अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।अवधारणापत्रमा पहारिले आफुलाई मतदान किन गर्ने, आफु संविदान सभाको चुनावमा स्वतन्त्र उमेद्वार वन्नको कारण र अपिल सहित विस वुदे संविधान सभामा आफ्ना प्रतिवद्धताहरु समेत उल्लेख गरेका छन्  अवधारणापत्र सार्वजनिक गर्दे पहारीले समाज चेतनशिल भएको कारण अहीलेका मतदाताहरु दवाभ, प्रभाव र लोभ लालचमा नपरी अवधारणापत्र पढेर हाम्रो भन्दा पनी राम्रो उमेद्वारको खोजी गर्ने परिपाटिको विकास हुदै गएकाले आफुले जित्ने कुरामा आफु विश्वस्त भएको वताए ।

मानिस भएर जन्मेपछी जिवनमा एकपटक राष्ट्र र समाजको ऋण तिर्नै पर्ने भएका कारण संविधान सभाको चुनावमा आफुले उमेद्वारि दर्ता गरेको वताउदै उनले यसभन्दा अगाडी नै राज्यपक्षका लागि संविधान सभामा निशुल्क रुपले काम गर्ने घोषणा गरिसकेका थिए ।राज्यपक्षवाट पाउने तलव भक्ता एक रुपया समेत नलिई सोही क्षेत्रका लागि खर्च गर्ने प्रतिवद्धताका साथ लागिपरेका पहारिले जातिय राज्य र जातिय आरक्षणको विपक्षमा वर्गिय आरक्षण र हिन्दु गणराज्यको पक्षमा संविधान निर्माण गर्न प्रतिवद्ध भएको वताए ।

स्वतन्त्र व्यक्तिहरु जनताप्रति सीधै उत्तरदायी हुने र कुनै दल, पार्टी र सिद्धान्त विशेषका दास नहुने भएकाले कसैको दवाव इसारा र नियन्त्रणमा नरही जनता र राष्ट्रको विकास निर्माणमा स्वतन्त्रतापूर्वक काम गर्न सक्ने भएकाले स्वतन्त्र व्यक्तीहरुप्रति जनताको विश्वास वढ्दै गएको दावि गरे । साथै पार्टी विशेषका हित र धारणा भन्दा माथि उठेर राष्ट्रहित र जनहितका पक्षमा आफ्नो ब्रंह्रले देखेको सत्य र तथ्यका आधारमा काम गर्न सक्ने तथा आफूले नचाहँदा नचाहदै पनि पार्टीको आदेशमा गलत कार्य गर्नुपर्ने वाध्यता स्वतन्त्र व्यक्तीमा नहुने भएकाले संविधानसभामा स्वतन्त्र व्यक्तिको प्रतिनिधीत्व हुनुपर्ने आजको आवश्यकता रहेको वताए ।

स्वतन्त्र व्यक्ति सवै पार्टी र विचारप्रति तटस्थ हुने हुनाले सवैको सम्मान गर्न सक्ने, परस्पर विरोधी विचारका दलहरुविच मध्यस्थताको भूमिका निर्वाह गर्न र असहमतिहरु विच सहमतिको विन्दु पहिल्याई समुचित निकास दिन पनि स्वतन्त्र व्यक्तिको बढी आवश्यकता पर्ने भएको वताउदै भने — पार्टी राजनीतिका कारण जर्जर भएको देशलाई सही विचार र दिशानिर्देश गर्न नेपाललाई अहिले स्वतन्त्र राष्ट्रभक्त जनउत्तरदायी चारशील व्यक्तित्वहरुको आवश्यकता देखिएकाले आंशिक रुपमा भएपनि उक्त आवश्यकता पूर्ति गर्न यस निर्वचनमा मैले उमेद्वारी दिएको हु ।

उनले आफ्नो उमेद्वारी नेपालि जनताको सार्वभौमिकता, स्वतन्त्रता र प्रजातानित्रक अधिकारको सरक्षण गर्न, राज्यवाट प्रदान गरिने सवै प्रकारका सेवा सुविधाहरु समानताको आधारमा स्थापित गर्न,राज्य सचालनका सम्पुर्ण निकायहरुको पद पुर्ती गर्न पुर्ण र स्वच्छ प्रतिस्प्रर्धात्मक व्यवस्थाको वकालत गर्न, राज्य भित्र राजनितिक,आर्थिक, सांस्कृतिक र धार्मिक कारणले पछाडि परेका समुदायहरुको अधिकार सुनिश्चत गर्न, सम्पुर्ण नेपालि जनताको गास, वास, कपास ,स्वास्थ र शिक्षाको सतप्रतिशत ग्यारेन्टीको व्यवस्था गर्न, नेपाललाई जाति निरपेक्ष देश वनाउदै सर्वजन हिताय, सर्वजन सुखाय वन्ने निती अनुसरण गर्न, नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधिनता मजवुद वनाउन नेपाल भारत विच समय समयमा भएका असमान सन्धि सम्झौताहरु खारेजिको आवाज उठाउनका भएको वताए ।

कमेन्टहरु
Loading...