पोखरा, ३१ असोज /एकिकृत नेकपा माओवादी कास्की क्षेत्र नम्बर तिनको निर्बाचन कार्यालयको बिहिबार र्याली सहित पोखराको पार्दी बिरौटामा उद्घाटन भएको छ । एकिकृत नेकपा माओवादी केन्द्रिय सदस्य हरि अधिकारी कुमारले गोलाकार भित्र हँसिया हथौडा अंकित माओवादीको चुनाब चिन्ह्मा हस्ताक्षर गरी उद्घाटन गर्नुभएको कार्यक्रममा स्थानिय युवाहरु माओवादीमा प्रबेश समेत गरेका थिए ।
निर्बाचन अभियान अन्र्तगत झण्डा र र्याली सहित माओवादीका कार्यकर्ताहरु बिरौटामा उपस्थित हुँदा स्थानियबासीहरु चुनाबी रौनकता हेर्न माओवादीको कार्यक्रममा उपस्थित भएका थिए ।
कार्यक्रममा बोल्दै क्षेत्र नम्बर तिनका उम्मेदवार रामजी बरालले उत्पीडीत, गरीब, किसान, सुकुम्बासी, ब्यापारी, बेरोजगारी दलित तथा जनजातीहरुका समस्याको उचित समाधानका लागि माओवादीलाई भोट दिन आग्रह गर्नुभयो । संबिधानसभा माओवादीकै एजेण्डा भएका कारण, एमाओवादीले पुर्ण बहुमत ल्याए मात्र संबिधानसभाबाट जनताको पक्षमा संबिधान बन्ने क्षेत्र नम्बर तिनका उम्मेदवार रामजी बरालको भनाई रहेको थियो ।
माओवादी केन्द्रिय सदस्य हरि अधिकारी कुमारले अहिले चुनाबमा जाने एजेण्डा माओवादीको भएकाले एनेकपा माओवादीलाई बिजयी गराउन जनतासँग आग्रह गर्नुभयो । वाइसिएलका नेता दिपक कोइराला रुपकले यसपटक कास्कीको क्षेत्र नम्बर तिनका जनताले नयाँ प्रतिनिधी खोजेका कारण, एमाओवादीका उम्मेदवार रामजी बरालको बिजयी हुने वताउनुभयो । एमाओवादी नेता टिकाराम पौडेल बिश्वासले कास्कीको क्षेत्र नम्बर तिनका जनताहरुको मनोभावना माओवादी प्रतिनै रहेको वताउनुभयो ।