गलत खालको सम्झौता कहिल्यै नगर्ने जि.सी.को भनाई

पोखरा, ३१ असोज/मंसीर ४ गते हुने अर्को संविधान सभा निर्वाचनमा कास्की क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार मानबहादुर जि.सी.लाई अत्याधिक बहुमतले जिताउन कालिकाका जनताले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । अभियान अन्र्तगत संविधान सभा परिचालन कमिटि नेकपा एमाले कालिकाको आयोजनामा विजयादशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । एमाले कास्कीका अध्यक्ष समेत रहेका संविधान सभा निर्वाचनमा कास्की क्षेत्र नं. १ का प्रत्यक्ष तर्फका उम्मेदवार जि.सी.ले कालिकावासीबाट पाएको सहयोग र सर्मथनले उर्जा थपिएको बताए । ठुला राजनितिक दलबाट राष्टिय स्तरको चुनावमा कालिकाले पहिलोपटक उम्मेदवार पाएको भन्दै उनले यस अवसरको सहि सदुपयोग गर्न आग्रह गरे । १० वर्ष गाउँ विकास समितिको अध्यक्ष भएर काम गर्दा कसैलाई भेदभाव नगरी गाउँको विकासका लागि प्रयत्न गरेकोले सबैको साथ मिलेको उनको भनाई थियो ।

३६ वर्ष सम्म राजनिति गरी उम्मेदवार बनेका उनले समग्र कास्की तथा कास्की क्षेत्र नं. १ विकासमा आफु सदा लागिपर्ने वाचा गरे । जनताको शिर झुक्ने गलत खालको सम्झौता कहिल्यै नगर्ने उनको दावी थियो । चुनावमा जितेपछि गाउँ नर्फकिने परिपाटीको अन्त्य गर्दै निर्वाचित भएपछि सधै जनताको साथमा रहेर काम गर्ने प्रतिवद्धता उनले गरेका छन् ।

कार्यक्रममा बोल्द्रै कास्की क्षेत्र नंंं १ का क्षेत्रीय संयोजक मन बहादुर गुरुङ्गले विगतको संविधान सभाको चुनावमा एमाले हारेको कारण संविधान बन्न नसकेकोले मंसीर ४ गतेको निर्वाचनमा एमालेलाई जिताउनु पर्ने दावी उनले गरे । एमालेको जित विना लोकतन्त्र संस्थागत हुन नसक्ने भन्दै जनपक्षिय संविधान बनाउन एमालेको बहुमत आउनुपर्ने उनको भनाई थियो । एमालेको निति तथा कार्यक्रममानै देश हिडिरहेको भन्दै एमालेको बिजयविना देशमा सकारात्मक परिवर्तन आउन नसक्ने उनले बताए ।

कमेन्टहरु
Loading...