विकास र शान्तिका लागि कांगे्रसलाई भोट ः कांग्रेस नेताहरु

पोखरा, ३० असोज/नेपाली कांग्रेसका नेताहरुले विकास र शान्तिका लागि नेपाली कांग्रेसलाई भोट दिन आग्रह गरेका छन् । कास्की क्षेत्र नं ४ को पुम्दीभुम्दी गाँउ विकास समितिले आयोजना गरेको चुनावी भेलालाई वुधवार पुम्दीमा सम्वोधन गर्दै, कांग्रेस नेताहरुले समृद्धि र प्रजातान्त्रिक संविधान निर्माण गर्न संविधानसभामा कांग्रेस उम्मेदवारको जीत आवश्यक रहेको धारणा राखेका हुन् ।

देशमा कांग्रेसले हार्दा देश कयौं वर्ष हारेको तर्फ संकेत गर्दै, नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले देशको उन्नतीका लागि नयाँ संविधानसभाको चुनावमा कांग्रेसलाई वहुमत दिनुपर्ने वताउनुभयो । सवै नागरिकले चाहेको हक र अधिकार कांग्रेसले परिकल्पना गरेको प्रजातान्त्रिक संविधानमा मात्रै सुरक्षित हुने हुँदा कांग्रेसलाई मतदान गर्न नेता शर्माले आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं ४ का उम्मेद्वार यूवा नेता महादेव गुरुङ्गले शान्ति र समृद्धिका लागि कांग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो । कास्की क्षेत्र नं ४ को थाती रहेको विकासका लागि आफ्नो उम्मद्वारी भएको पनि नेता गुरुङ्गले स्पष्ट पार्नुभयो । पुम्दीभुम्दीमा वाँकी रहेको टेलीफोन, खानेपानी, छोरेपाटन शान्तिस्तुपा भुकुण्डे मोटरवाटो कालोपत्रे गर्ने तथा यूवा उत्पादनमुलक कार्यक्रम आफ्नो कार्यकालका गर्ने नेता गुरुङ्गले वताउनुभयो । नेकपा एमाले पुम्दीका नेता लिला वराल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

कमेन्टहरु
Loading...