कास्कीमा दलहरु चुनाव प्रचारका लागी योजना बनाउदै भिडियो सहित

सागर राज तिमिल्सिना
पोखरा, ३० असोज/मंसिर ४ गते हुने दोस्रो संविधानसभाको चुनाका लागी कास्कीका राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु योजना जनाएर प्रचार प्रसारमा निस्कीएका छन् । राजनीतिक दलका उमेदवारले निर्वाचन कार्यलयमा प्रत्यक्ष उमेदवारी दर्ता गरेपछि चुनावी चहलपहल दशै सँगै झनै वढेको छ । चुनावको मिति नजिकिदैँ जाँदा कास्कीका राजनीतिक दलहरु भिन्दाभिन्दै कार्यक्रम लिएर चुनावी प्रचार प्रसारका लागी गाउँ शहर धाउन थालेका छन् ।

चुनाव प्रचारकै लागी एकिकृत माओवादीले सवै निर्वाचन क्षेत्रमा युवा तथा महिला संगठनलाई अघि सारेको छ भने पत्रकार सम्मेलन मार्फत पनि प्रचार प्रसार अगाडी बढाएको छ । माओवादीले स्थानिय राजनीतिक व्यक्तित्व तथा वुद्विजिविहरुसंग छलफल गरी घरदैलो कार्यक्रममा शुरु गरेको क्षेत्र नम्मर १ का ए माओवादी उमेदवार बिष्णु पौडेलले बताए ।

कति पय नयाँ पार्टिहरुले चुनाव चिन्न प्रचारका लागी पत्रपत्रीकाको पनि पयोग गरेका छन् । त्यस्तै नेकपा एमाले सवै क्षत्रीय तथा शाखा स्तरीय चुनाव परिचालन कमिटि निर्माण गरी चुनावी प्रचारको माहोलमा होमीएको छ । चुनाव परिचालन कमिटिले मतदाता सर्वेक्षणको काम सकिसकेको छ भने अव पुरै समय जनताको घरदैलोमा पुग्ने अभीयान शुरु गरेको कास्की क्षेत्र ३ का एमाले उमेदवार रवीन्द« अधिकारी वताउ छन् ।

चुनावी प्रचारमा उमेद्वारहरुले प्रविधिको पनि अधिक्तम प्रयोग गर्न थालेको छन् । फेसबुक टुइटर जस्ता समाजीक सन्जालबाट पनि प्रचार प्रसारमा व्यस्थ छन् नेता तथा कार्यकताहरु । सामाजीक सन्चालमा संलग्न नभएका उम्मेद्वारहरु पनि नया फेसबुक खोलेर अभियान प्रचार अभियानमा लागेका छन् । चुनावी प्रचारका लागी नेपाली काङ्रेसले युवा, विद्यार्थी, महिला, लगाएत सवै संगठनको चुनाव प्रचार प्रसार कमिटि वनाएर चुनावी माहोलमा होमिएको छ । पार्टीले आचारसंहता भित्र रहेर गाउँ गाउँमा भेला तथा प्रचारका कार्यक्रमहरु गर्न शुरु गरीसकेको कागे्रस क्षेत्र ३ का उमेदवार शाभियत बहादुर अधिकारी बताउ छन् ।

संविधान सभाको चुनाव कै लागी कास्कीका अरु अन्य दलहरुले पनि चुनावी प्रचारको योजना बनाईसकेका छन् । निर्वाचन आयोगले आधिकारीक उमेदवार तिव्र रुपमा प्रचार प्रसारमा निस्ककेको जानकारी दिएको छ । दोस्रो संविधानसभाको निर्वाचनका लागी कास्कीमा एमाओवादी, नेपाली काङ्रेस, नेकपा एमाले लगाएतका २८ पार्टीले उमेदवारी दिएका छन् । ७ जना स्वतन्त्र सहित ७७ उमेदवारले प्रत्यक्ष निर्वाचनमा उमेदवारी दिएका छन् । कास्कीका चारै निवाचन क्षेत्रमा गरी १ लाख ९८ हजार ५२ मतदाता रहेका छन भन्ने १ सय ४७ केन्द« निवार्चनका लागी तोएको छ ।

भिडियो

कमेन्टहरु
Loading...