असोज, ३० /ग्राहको नजरमा खासै नपरे पछि आइफोन फाइभ सीको उत्पादनमा कटौती गर्ने भएको छ । एप्पलको सस्तो भनिएको आइफोन फाइभ सी को बिक्री उत्साहप्रद नभएसँगै एप्पलको उक्त आइफोनको उत्पादनमा कटौती गर्ने निर्णय कम्पनीले गरेको हो ।
दैनिक ३ लाख आइफोन फाइभ सी उत्पादन गर्ने लक्ष्य भएपनि अहिले डेढ लाख उत्पादन गरिने भएको कम्पनीले जनाएको छ । एप्पलको आइफोन ५ सी सस्तो भनिएको भएपनि उसको मूल्य उस्तै चर्को रहेको र त्यसमा खासै नयाँ फिचर समेत नरहेकाले त्यसलाई उपभोक्ताले खासै नरुचाएको बताइएको छ ।
यद्यपि पछिल्लो समयमा चीनमा भने आइफोन फाइभ सी को मूल्य घटाउन एप्पलको स्थानीय बिक्रेता बाध्य भएको बताइन्छ । चीनका केही क्षेत्रमा आइफोन ५ सी को मूल्य झण्डै एक हजार युआन सम्मले घटेको छ ।