तिमिल्सीनाको अध्यक्षतामा हेम्जामा चुनाव प्रचार समिति

पोखरा, २९ असोज/दोश्रो संविधानसभाको निर्वाचनमा संघीय समाजवादी पार्टीको तर्फबाट कास्की क्षेत्र नं. ४ बाट उमेदवार बन्नुभएका गणेशमान गुरुङलाई जिताउन हेम्जामा शिवराम तिमिल्सीनाको अध्यक्षतामा गणेशमान गुरुङ जिताउँ चुनाव प्रचार प्रसार समिति गठन भएको छ । हेम्जा गाविस वडा नं. १ मा आज सम्पन्न भेलाले गठित ११ सदस्यीय चुनाव प्रचार प्रसार समितिको उपाध्यक्षमा सुजनकुमार तामाङ, सचिवमा सुजित थकाली, कोषाध्यक्षमा रोहित पुन र सदस्यहरुमा भिमप्रसाद तिमिल्सीना, विजय अधिकारी, अमृत दाहाल, सुमन तिमिल्सीना विशाल नेपाली, प्रदिप गुरुङ र निर्मल गुरुङ चयन हुनुभएको छ ।

भेलाले समितिको सल्लाहकार संयोजकमा दावाकुमार तामाङलाई चयन गरेको छ । भेलामा मन्तव्य व्यक्त गर्नुहुदै उमेदवार गणेशमान गुरुङले सबैको पहिचान र सम्मान हुने संविधान निर्माणका लागि आफ्नो उमेदवारी भएको बताउनुभएको थियो ।

यसैगरी संघीय समाजवादी कास्की क्षेत्र नं. २ का उमेदवार देविराज गुरुङले आज पोखराको वडा नं. १६ केआइसिंह पुलदेखि सुन्दर फिड क्षेत्र घरदैलो कार्यक्रम गर्नुभएको छ । कार्यक्रमको संयोजन संघीय समाजवादी पार्टी वडा नं. १६ का अध्यक्ष प्रदिप गुरुङले गर्नुभएको थियो ।

यसरी नै क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङ सहितको टोलीले आज लेखनाथको शिशुवा, ज्यामिरेकुना, लक्ष्मी आदर्श टोल लगायतका क्षेत्रका मतदाताको घरदैलो गर्नुभएको छ ।

कमेन्टहरु
Loading...