खराब मौषमले आन्तरिक उडान प्रभाबित

गोकुल बानियाँ
पोखरा २९ असोज । खराब मौसमको कारण दशैको बेला आन्तरिक उडान सेवा प्रभाबित हुदा हवाई यात्राबाट आवतजावत गर्ने यात्रु मर्कामा परेका छन् ।
मध्य दशैमा लगातार परेको पानी र मौषममा आएको परिबर्तनको कारण पोखरा सहित नेपालका सबै क्षेत्रका आन्तरिक उडान पूर्ण रुपमा प्रभाबित भएका छन् । पोखरा बिमानस्थलबाट हुने दैनिक उडान पनि ठप्प छ । खराब मौषमको कारण २ दिन देखि उडान सेवा प्रभाबित भएको नागरिक उड्ययन कार्यालय पोखराका प्रमुख प्रतापबाबु तिवारीले बताए ।

pokhara airportपोखराबाट काठमाण्डौ संगै हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा हुने नियमित उडान पनि प्रभाबित भएको छ । बर्षासंगै बाक्लो हुस्सु लागेकाले भिजिबिलिटी राम्रो नहुदा उडान भर्न नसकिएको तिवारीले बताए । उडान ठप्प हुदा पोखरा आउने पर्यटकको साथै दशैमा हवाई मार्ग भएर पोखरा आउने जाने यात्रुलाई समस्या परेको छ ।

त्यस्तै यातायात सेवा नपुगेका दुर्गम क्षेत्रको एक मात्र बिकल्प रहेको हवाई सेवा प्रभाबित हुदा हिमाली क्षेत्रको साथै दुर्गम क्षेत्रका यात्रुलाई दशैमा आवतजावतमा समस्या परेको छ । काठण्माडौबाट देशका अन्य स्थानमा हुने नियमित आन्तरिक उडान सेवा समेत ठप्प रहेको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

यसैबिच लगातारको बर्षाले ग्रामिण सडक अबरुद्ध हुदा ग्रामिण क्षेत्रमा यातायात सेवा प्रभाबित बनेको छ । कास्कीमा अधिकांश ग्राणिम सडकहरु बर्षाको कारण अबरुद्ध भएकाले सो क्षेत्रमा यातायात सञ्चालन गर्न नसकिएको यातायात ब्यबशायीहरुले बताएका छन् । दशैमा मान्यजनको हातबाट टिका थाप्न जानेहरुलाई बर्षाले समस्यामा पारेको छ ।

कमेन्टहरु
Loading...