एमालेको घोषणापत्र तयार, पुरानै प्रस्ताव

कांग्रेसले दुईवटा घोषणा पत्र ल्याउने

एमाओवादी पनि घोषणापत्र मै

काठमाडौं, २९ असोज/नेकपा एमालेले संघियता र शासकीय स्वरुपमा पुरानै प्रस्ताव दोहोर्याउँदै घोषणापत्र तयार गरेको छ । मंगलबार बसेको एमाले स्थायी समितिको बैठकले घोषणापत्रलाई अन्तिम रुप दिएको छ । एमालेको नीति र एमालेको नेतृत्व भन्ने नारा सहितको घोषणापत्रमा जनताका लोकप्रिय कार्यक्रम पनि समावेस गर्ने कोसिस गरिएको छ ।

आगामी ४ मंसिरको निर्वाचनबाट गठन हुने दोस्रो संविधानसभाले एक वर्षभित्रै संविधानको मस्यौदा तयार गर्न नसके जनमत संग्रहको माध्यमबाट नयाँ संविधान जारी गर्ने उद्घोष गरेको छ। एमालेले घोषणापत्रलाई अन्तिम रुप दिएको र बिहीबार सम्म सार्वजनिक गर्ने जनाएको छ । एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसद्बाट निर्वाचित संवैधानिक राष्ट्रपति रहेको मिश्रित शासकीय स्वरूपमा उभिँदै एमालेले संघीयताको प्रस्ट खाकासहित बहुपहिचानसहितको सात प्रदेश निर्माण गर्नुपर्ने प्रस्ताव घोषणा पत्रमा अघि सारेको छ।
प्रत्येक संघीय प्रदेश साझा र मिश्रित बसोबास तथा जनताको समान अधिकार सुनिश्चितता, केन्द्र, प्रदेश र स्थानीय सरकारबीच अधिकारको सूची विगत संविधानसभामा सहमति भएबमोजिम हुने एमाले घोषणा पत्रमा उल्लेख छ।

कांग्रेसले दुईवटा घोषणा पत्र ल्याउने

नेपाली कांग्रेसले दुई दिनभित्र चुनावी घोषणापत्र तयार गर्ने भएको छ । लामो छलफलपछि कांग्रेसले घोषणापत्रलाई अन्तिम रुप दिने गरि तयारी गरेको हो ।

कांग्रेसले संविधानसभा र संसदको लागि छुट्टाछुट्टै घोषणापत्र तयार पारिरहेको छ । संसद र संविधानसभामा पार्टीले निभाउने भुमिकाबारे छुट्टाछुट्टै प्रतिबद्धता राखेर घोषणापत्र बनाईएको काग्रेस स्रोतले बताएको छ ।

कांग्रेसले सबिधानसभाको लागि तयार गरिरहेको घोषणापत्रमा सबिधान बन्ने आधार र आगामी संविधानमा आफ्नो तर्फबाट समेटिने जनाएको छ ।

एमाओवादी पनि घोषणापत्र मै

एकिकृत नेकपमा माओवादीमा पनि घोषणपत्रका लागी आन्तरिक बैठकमा जुटिरहेको छ । एक दुई दिनमा घोषणापत्र तयार हुने माओवादीले बताएको छ । एकीकृत नेकपा (माओवादी)ले समानुपातिक, जनमुखी र आर्थिक समृद्धिको संविधान बनाउने प्रतिबद्धता आफ्नो घोषणापत्रमा राख्ने जनाएको छ ।

कमेन्टहरु
Loading...