फिलिपिन्समा शक्तिशाली भूकम्प, ९२ को मृत्यु

मनिला, २९ असोज/फिलिपिन्समा मंगलबार गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या ९२ पुगेको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पले थुप्रै घर भत्काएको र हजारौं व्यक्ति घरबारविहीन बनेका बीबीसीले जनाएको छ ।bhukampa

फिलिपिन्सको बोहोल टापूलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पले टापू वरिपरिका संरचना भत्काएको छन् । विदाको समय परेकाले विभिन्न ठाउँमा भेला भएकाहरुको ज्यान गएको जनाइएको छ ।

फिलिपिन्सको सरकारी अधिकारीलाई उदृत गर्दै अन्तराष्ट्रिय समाचार एजेन्सी ‘एपी’ले बोहोलमा ७७ जना र सेबुमा १५ जनाको ज्यान गएको जनाएका छ ।
तस्वीरः एजेन्सी

कमेन्टहरु
Loading...