फिलिपिन्समा ७ दशमलव २ रेक्टरको भूकम्प, ३५ जनाको मृत्यु

फिलिपिन्स, २९ असोज, फिलिपिन्समा ७ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा जादा कम्तीमा ३५ जनाको ज्यान गएको छ ।फिलिपिन्सको मध्य भागमा गएको भूकम्पको केन्द्रबिन्दु बोहोल टापुको भित्री भागमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रले जनाएको छ ।भूकम्पका कारण बोहोल र नजिकै रहेको चिबु प्रान्तमा धेरै घर तथा बजारमा क्षति भएको छ । ज्यान गुमाउने अधिकांश चिबुका रहेका स्थानीय अधिकारीले जनाएका छन् । यस्तै घरहरु भत्किँदा अरु धेरै घाइते भएका छन् ।

कमेन्टहरु
Loading...